Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका मेयरको अपिलः ओमिक्रोनबाट सबै जोगिऔं र जोगाऔं

हाम्रो कोशी आवाज
माघ ४ २०७८, मंगलबार
धरानका मेयरको अपिलः ओमिक्रोनबाट सबै जोगिऔं र जोगाऔं

धरानः धरान उपमहानगरपालिकाका मेयर तिलक राईले विश्वमा महामारीको रुपमा देखा परेको कोरोना भाइरस (कोभिड १९) को तेस्रो भेरियन्ट पछिल्लो समय धरानमा पनि तीब्र गतिमा बढिरहेको जनाउँदै यसबाट बच्नका लागि सचेत र सजग रहन उपमहानगरवासीमा अपिल गरेका छन् ।
मेयर राईले मङ्लबार एक अपिल जारी कोरोना भाइरसको तेस्रो भेरियन्टबाट बच्न उपमहानगरबासीमा अपिल गरेका हुन् । मेयर राईले यदि कसैमा कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएमा वा शंका लागेमा पिसिआर, एन्टिजेन विधिबाट परीक्षण गराउन पनि आग्रह गरे । उनले कोभिडसम्बन्धी लक्षण देखिएमा नजिकैको स्वास्थ्य संस्था वा धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखामा सम्पर्क गर्न पनि अनुरोध गरेका छन् ।
‘अत्यावश्यक काम परे मात्रै घर बाहिर निस्किन र निस्कनै परे अनिवार्य नाक, मुख, चिउँडो छोपिने गरी मास्क र स्यानिटाइजरको प्रयोग गर्नुका साथै साबुन पानीको प्रयोग गरी पटक–पटक हात धुन तथा सामाजिक दुरी कायम गरी स्वास्थ्य मापदण्ड अपनाएर मात्रै निस्कन पनि अनुरोध र्दछु । सार्वजनिक स्थान र स्थलहरुमा भीडभाड नगर्न पनि अनुरोध गर्दछु’ मेयर राईद्वारा जारी अपिलमा उल्लेख छ ।
महामारीको रुपमा फैलिएको यो कोभिड १९ बाट ओमिक्रोनबाट सबै जोगिन, जोगाउन आग्रह गरेका छन् । उनले सबैले आ–आफ्नो स्थानबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न पनि आग्रह गरेका छन् । धरानमा मङ्गलबारसम्ममा १८७ जना कोरोना सङ्क्रण पुष्टि भइसकेको छ ।

प्रकाशित मिति: माघ ४ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend