धरानः धरानमा एक ओमिक्रोन संक्रमित ७६ वर्षीय पुरुषको मृत्यु भएको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धरान–१८ का संक्रमितको मृत्यु भएको सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए । उनी कोभिड अस्पतालमा उपचार गराइरहेका थिए ।
उनी लिभर, किड्नी र उच्चरक्तचापको बिरामी रहेको उनले जानकारी दिए । उनी गत पुस २८ गते अस्पताल भर्ना भएका थिए भने उनको मङ्गलबार ४ः५० बजे मृत्यु भएको उनले जानकारी दिए।
