Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पूर्वमा नेपालकै पहिलो ‘स्काई वाकर’ को सफल परीक्षण

हाम्रो कोशी आवाज
माघ ५ २०७८, बुधबार
पूर्वमा नेपालकै पहिलो ‘स्काई वाकर’ को सफल परीक्षण

ताप्लेजुङः नेपाली वैज्ञानिक कपिल पौडेलद्वारा निर्मित स्काई वाकरको ताप्लेजुङ सदरमुकामको भानु जन माविको खेल मैदानमा नमूना परीक्षण गरिएको छ ।
नेपालमै पहिलोपटक स्काई वाकरको सफल नमूना परीक्षण गरिएको दावी छ । बुधबार एक कार्यक्रमबीच प्रदेश सांसद बलबहादुर साम्सोहाङको प्रमुख आथित्यतामा सो डेमोस्टेसन गरिएको हो । समुदाय परिचालन तथा विकास मञ्च ताप्लेजुङको आयोजना तथा पीएसएस नेपाल केवल कोप्टर प्रालिको सहयोगमा सो कार्यक्रम भएको हो ।
सो यन्त्रले सामान ढुवानीका साथै मानिस आवतजावत गर्नसमेत मिल्ने पौड्यालको दावी छ । उनका अनुसार तीनवटा ड्रोन संयोजन गरी स्काई वाकर बनाइएको हो । उनले वाकरले ५० केजीसम्मको तौल धान्न सक्ने बताए । उच्च पर्वतीय भू–भागका लागि भने ताप्लेजुङमा परीक्षण गरिएको उनले जानकारी दिए ।
विद्युतबाट चल्ने स्काई वाकरले ग्रामीण भेगका जनताको सास्ती कम गर्न सहयोगी भूमिका खेल्ने उनले जानकारी दिए । करिब ७५ लाखको बजेटमा सम्पन्न भएको यो योजनाले पूर्णरुप पाउन झण्डै दुई वर्ष लागेको उनले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद साम्सोहाङले वैज्ञानिक कपिलको काम स्वागतयोग्य भएको धारणा राखे । नेपालका युवाहरुको प्रविधीप्रतिको रुचिमा राज्यको लगानी र हौसला रहनुपर्नेमा उनले जोड दिए ।
आयोजक संस्थाका अध्यक्ष खड्गबहादुर गुरुङले ताप्लेजुङ मा स्काई वाकरको डेमोस्टेसन नेपालको ऐतिहासिक र वैज्ञानिक पौडेलको कार्य पनि ऐतिहासिक रहेको बताए । यो परियोजनाले ताप्लेजुङका प्रर्यटनका प्रचुर सम्भावना बोकेका स्थलहरुमा पर्यटकलाइ हवाईमार्गद्वारा सहजरुपमा आवतजावतको व्यवस्था गर्ने उनले बताए । परियोजना अबको निकट भविष्यमै सम्पन्न भई सेवा प्रवाह गर्ने उनले बताए । उनले यसका लागि आम ताप्लेजुङवासीहरुको साथ र सहयोग रहनुपर्ने उनले बताए ।
कार्यक्रममा भानु माविका प्रधानाध्यापक किशोर राई, नेपाली कांगे्रस जिल्ला सभापति गजेन्द्र तुम्याङलगायतले शुभकामना मञ्तव्य राखेका थिए । स्काई वाक सम्भावनाबारे भोलिदेखि ताप्लेजुङको फुङफुङ्गे झरना, तिम्वुङ पोखरी, पाथीभरालगायतको स्थलहरुमा विस्तृत परयोजना प्रतिवेदन डीपीआर गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: माघ ५ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend