Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कान काटेर युवा फरार

हाम्रो कोशी आवाज
माघ ७ २०७८, शुक्रबार
कान काटेर युवा फरार

विराटनगरः मोरङको सुन्दरहरैंचा नगरपालिका–१२ विराटचोकमा आगो ताप्ने क्रममा विवाद हुँदा दुई युवकले ट्रक चालकको कान काटेका छन् ।
प्रहरीका अनुसार उनीहरूले प्रदेश १–००१ख ८१८९ नम्बरको ट्रकका चालक ५२ वर्षीय बोधविक्रम मुखियाको देब्रे कान काटेका हुन् । मोरङकै उर्लाबारी नगरपालिका ७ का उनको अहिले विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।
ट्रक रोकेर विराट चोकस्थित एक होटलमा राति खाना खाई सडकमा बालिएको आगो ताप्न गएका चालक मुखिया र ती युवकबीच झगडा भएको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मञ्जील मुकारुङले धारिलो हतियारले देब्रे कान काटेर छिनाइदिएको जानकारी दिए । उनले कान काट्न कुन हतियार प्रयोग गरिएको थियो भन्ने बारेमा भने केही खुलाएनन् । कान काटेर फरार दुई युवकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: माघ ७ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend