धरानः धरानमा ३० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत श्रीपुर–३, महोत्तरीका पुरुषको मृत्यु भएको हो । गत माघ ५ गते उनमा कोरोना पुष्टि भएको थियो । उनको बिहीबार १०ः४ बजे नै मृत्यु भएको सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए ।