Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा थप दुई संक्रमितको मृत्यु

हाम्रो कोशी आवाज
माघ ७ २०७८, शुक्रबार
धरानमा थप दुई संक्रमितको मृत्यु

धरानः धरानमा शुक्रबार थप दुई संक्रमितको मृत्यु भएको छ ।
धरानमा एक महिला र एक पुरुषको मृत्यु भएको हो । १० मिनेटको अन्तरमा यी दुई संक्रमितको मृत्यु भएको चिकित्सकले जानकारी दिएका छन् । लहान-१९ सिरहाकी ६२ वर्षीया महिलाको संक्रमणका कार्यक्रम मृत्यु भएको चिकित्सकले जानकारी दिएका छन् ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत उनी गत माघ ६ गते अस्पताल भर्ना भएकी थिइन् भने माघ ५ गतेमा उनमा कोरोना पुष्टि भएको थियो । उनको शुक्रबार ११ः४५ बजे मृत्यु भएको सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए । उनी दीर्घरोगी हुन् ।
यस्तै, अर्का दीर्घरोगी ८० वर्षीय पुरुषको पनि प्रतिष्ठानमै मृत्यु भएको छ । सिरहा–१ सिरहाका ती पुरुषलाई गत २९ गते आरडिटी पोजेटिभ देखिएको थियो । उनी २९ गतै नै अस्पताल भर्ना भएका थिए । उनको ११ः३५ बजे मृत्यु भएको उनले जानकारी दिए ।

प्रकाशित मिति: माघ ७ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend