Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानका २१६ चिकित्सक र नर्सलाई कोरोना संक्रमण भएपछि सेवा प्रभावित

हाम्रो कोशी आवाज
माघ १० २०७८, सोमबार
धरानको बीपी प्रतिष्ठानका २१६ चिकित्सक र नर्सलाई कोरोना संक्रमण भएपछि सेवा प्रभावित

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २१६ स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन्। विभिन्न विभागका ८१ चिकित्सक, १ सय १४ नर्ससहित २ सय १६ जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको हो ।
यति धेरै संख्यामा चिकित्सक र नर्सलाई कोरोना भएपछि जनशक्ति अभावले उपचार सेवा प्रभावित भएको छ। नियमित शल्यक्रिया, ओपिडी सेवा र वार्ड राउण्ड प्रभावित भएको हो ।
संक्रमित हुने चिकित्सक, नर्स र हेल्परको संख्या क्लिनिकल क्षेत्रका मात्र हुन्। एनाटोमी, फिजियोलोजी, बायोकेमेस्ट्री, माइक्रोबायोकेमेस्ट्री, फर्माकोलोजी, फरेन्सिक र कम्यूनिटि हेल्थ विभागका कार्यरत संक्रमित स्वास्थ्यकर्मीहरुको तथ्यांक भने आएको छैन ।
प्रतिष्ठानका डेपुटी डाइरेक्टर डा विकास साहका अनुसार संक्रमित चिकित्सक मध्ये सबैभन्दा बढी एनेस्थेसिया विभागका ११ जना र ५ जना प्राविधिक संक्रमित भएका छन् ।

प्रकाशित मिति: माघ १० २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend