धरानः कोभिड संक्रमणको पछिल्लो मृत्यु ट्रेन्ड हेर्दा अधिकांश खोप नलगाएका वा लगाए पनि ज्येष्ठ नागरिक, प्रतिरोधक क्षमता कम भएका एवं दीर्घरोगीले ज्यान गुमाइरहेको पाइएको छ ।
यसैक्रममा धरानमा उपचाररत् एक संक्रमितको मृत्यु भएको छ । उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा उनको मृत्यु भएको हो । उर्लाबारी-२ मोरङकी ३६ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।
उनमा उच्च रक्तचाप, मधुमेहलगायतको समस्या थियो । प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेलका अनुसार उनले कोरोनाविरुद्धको खोप नलगाएको पाइएको छ ।
उनमा आइतबार कोरोना पुष्टि भएको थियो । उनी ढ गते नै कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । उनको सोमबार १ः२५ बजे मृत्यु भएको सहप्रवक्ता डा. पोखरेलले जानकारी दिए ।