धरानः धरान-९ स्थित पुतलीलाइनमा रहेको धरान डेन्टलमा दाँतसम्बन्धी सबै सेवा एकैठाउँमा दिँदै आएको जनाइएको छ ।
नेपालमै पहिलोपटक आरसिटी गर्नका लागि अत्याधुनिक माइक्रोसकोप मेसिनद्वारा दन्त सेवा दिँदै आएको धरान डेन्टलका म्यानेजर सुरेन्द्र चौधरीले जानकारी दिए । ‘विगत २० वर्षदेखि दक्ष विशेषज्ञ डाक्टरहरुद्वारा सञ्चालित यस डेन्टलमा उच्चस्तरीय सेवा उपलब्ध गराउँदै आइरहेका छौं’, उनले भने, ‘नेपालमै पहिलोपटक आरसिटी गर्नका लागि अत्याधुनिक माइक्रोसकोप मेसिनद्वारा दन्त सेवा दिँदै आएका छौं ।’
धरान, तरहरा र सुनसरीकै कालाबञ्जारमा पनि धरान डेन्टलले सेवा दिइरहेको उनले जानकारी दिए । दाँत नभएको ठाउँमा अत्याधुनिक दाँत राख्ने डेन्टल इम्प्लान्टको सुविधा, सम्पूर्ण दाँतको एक्सरे, एकैपटक निकाल्न र ठूलो पर्दामा हेर्नका लागि ओपिजी मेसिनको सुविधा पनि रहेको उनले जानकारी दिए । यस्तै, बाङ्गोटिङ्गो टोकाइ नमिलेको, हाँस्दा गिँजा धेरै देखिने, दाँत फाटिएको यावत् समस्याको समाधान तार बाँधेर गर्ने विशेष सुविधा पनि डेन्टलमा रहेको छ ।
लाहुरे भिड्नेहरुका लागि विशेष उपचार सेवा, जस्तोसुकै जटिल दाँत निकाल्ने विशेष सुविधा, दाँत नभएको ठाउँमा नक्कली दाँत राख्नुपर्ने सबै खाले सुविधा, बच्चाका लागि विशेष कक्ष र बच्चाहरुको लागि बनेको विशेष खालको उपचार गर्ने चेयरको व्यवस्था भएको, निर्मलीकरण गर्नको लागि उच्चस्तरीय अटोक्लेभ मेसिनको व्यवस्था भएको, आफ्नै सुविधासम्पन्न ल्याबको व्यवस्था पनि डेन्टलमा रहेको उनले जानकारी दिए ।
धरान डेन्टलमा विपन्न र आर्थिक अवस्था कमजोर हुनेका लागि विशेष सहुलियत र निःशुल्क समेत उपचार, ७० वर्ष माथि उमेर पुगेकाहरुको हल्लिएको दाँत छुट्टा फ्रिमा निकाल्नको लागि र एउटै दाँत नभएकाहरुलाई फ्रिमा दाँत राखिदिने सुविधा, लामो समयसम्म उपचार गर्नुपर्ने भए किस्ताकिस्दामा पैसा तिर्ने सुविधा रहेको जनाइएको छ ।
धरान डेन्टलको सेवाहरुः
–जस्तोसुकै बाङ्गोटिङ्गो दाँतलाई तार बाँधेर मिलाउने ।
–लचकदार प्लेट भएको दाँत लगाउने ।
–दाँतको प्रत्यारोपण गरिने
–दाँतमा खोल लगाउने ।
–एउटै पनि दाँत नभएको ठाउँमा दाँत लगाउने ।
–सुनको दाँत लगाउने ।
–दाँतमा हिरा भर्ने ।
–दाँतको जरैदेखि अत्याधुनिक मेसिनद्वारा उपचार गर्ने ।
–दाँतको रंगको सिमेन्ट भर्ने ।
–दाँत सफा गर्ने, टल्काउने ।
–मुखको शल्यक्रिया गर्ने ।
–जस्तोसुकै अवस्थाको दाँत नदुखाइ निकाल्ने ।
–दाँतको डिजिटल एक्सरे र ओपिजी गर्ने ।
–दाँत, जिजा तथा मुखसम्बन्धी परामर्श सेवा ।
–गिजासम्बन्धी सम्पूर्ण रोगको उपचार गर्ने ।
–लेजर सर्जर सेवा ।
–माइनर सर्जरी
–बिना दुखाइ दाँतको जुनसुकै उपचार गरिने ।
दाँतको उपचारमा हेलचेक्रयाइँ गर्नुहुदैनः म्यानेजर सुरेन्द्र चौधरी

तपाईको अनुभवबारे बताइदिनुहोस् न ।
–मैले यहाँ काम शुरुवात गरेको १७ वर्षजति भयो ।
दाँत किराले खानु भनेको के हो ?
–दाँत किराले खाँदा कालोभाग देखिन्छ । हाम्रो दाँत तीन सतहले मिलेर बनेको हुन्छ । डेन्टिन, इनामेल र पल्व भनेर भनिन्छ । जुन हामीले खानेकुराहरु खाँदै गएका हुन्छौं, त्यो अड्केर बसेको हुन्छ । मुखभित्रको ब्याक्टेरियाले खानालाई खाएर अम्लीय पदार्थ निकाल्छ । अम्लीय पदार्थले दाँतलाई मक्काउँदै लान्छ । दाँत मक्किँदै गएपछि त्यहाँ खाल्डो पर्छ र कालोभाग देखिन्छ । यसलाई नै दाँत किराले खाएको भनिन्छ ।
दाँतको हेरचाह कसरी गर्नुपर्छ ?
–सामान्यतयाः हामीले नियमित दाँत ब्रस गर्नुपर्छ । खानेकुरा अड्किएर बस्न दिनुभएन । त्यसकारण बिहान, बेलुका हामीले दाँत ब्रस गर्नुपर्छ ।
दाँत किराले खाएपछि किन जँचाउने ?
–दाँतमा किरा लागेको छ वा छैन भनेर हामीलाई थाहा नै हुँदैन तर डेन्टिसकहाँ पुगेपछि यसको रेखदेख हुन्छ । अन्य समस्या छ वा छैन आदिबारे पनि थाहा हुन्छ ।
दाँतको उपचारका लागि ब्रेसिस उपचार के हो ?
–जब हाम्रो दाँत बाङ्गोटिङ्गो छ, ग्यापहरु छ, त्यसको लागि तार बाँधेर गर्ने उपचार गर्ने विधिलाई नै ब्रेसिस भनिन्छ । यो उपचार विधिले नमिलेको दाँतहरु मिल्ने हुन्छ । यस्तै, दुईवटा दाँतको ग्याप हुन्छ, त्यो पनि ब्रेसिसमै आधारित उपचार हो ।
दाँतमा लाग्ने रोगले कस्तो असर गरिरहेको हुन्छ ?
–दाँत, मुखमा लाग्ने रोगले शरीरमै पनि असर गरिरहेको हुन्छ । मुखको क्यान्सरलगायतको समस्या भयो भने मानसिक, शारीरिकलगायतको असर पुगिरहेको हुन्छ । त्यसैले दाँतको उपचारमा हेलचेक्र्याइँ गर्नु हुँदैन ।










