Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बाङ्गोटिङ्गो वा उछिट्टिएका दाँतले हैरान हुनुहुन्छ ?

हाम्रो कोशी आवाज
माघ १२ २०७८, बुधबार
बाङ्गोटिङ्गो वा उछिट्टिएका दाँतले हैरान हुनुहुन्छ ?

मानिसको गहना नै हो मुस्कान । मुस्कान छर्नका लागि चाहिन्छ हाम्रो लागि सुन्दर दाँत । फिसिक्क हाँस्दा देखियोस्– चहकिलो, सुन्दर र मिलेका दाँत । यो भावना सबैमा आउँछ नै ।
प्रकृतिले मानिसलाई सुन्दर दाँत दिएको छ तर कसकसैलाई मात्र अलि नराम्रो दाँत उपहार दिएको हुन्छ । तपाईले पनि याद गर्नुभएको होला– पाँच, छ कक्षामा पढद्ै गरे बालबालिकाको दाँत हेर्नुहोस् आफैं देख्नुहुनेछ । कुनै स्कुल छुट्टी भएपछि त्यहाँबाट निस्किने विद्यार्थीमध्ये ४० प्रतिशत विद्यार्थीले दाँत तारले बाँधेका देखेकै पनि छौं । तारले नबाँधेका तर हाँस्दा हातले मुख छोप्ने विद्यार्थीको संख्या पनि बढ्दो छ ।
आफ्नो सुन्दरता कायम राख्नका लागि अनेक उपाय अपनाउने गरेको पाइन्छ । मानिसले अपनाउने गरेको उपायमध्ये एक हो– दाँत । टम्म मिलेका, सेता साथै चम्किलो दाँत बनाउने चाहना कसको पो नहोला र ? धेरैजसो मानिसहरुले नमिलेका दाँतका कारण आफ्नो सुन्दरतामा कमी आएको महसुस गर्ने गरेका छन् । तर आजभोलि दाँतको समस्या आए डराउनुपनि पर्छ तर तनाव भने नलिँदा हुन्छ । दाँतको समस्या आए डराउनुपर्छ यसकारण भनेको हो कि दाँतको बेलाबेलामा ख्याल गरिरहनुपर्छ ।
बाङ्गोटिङ्गो, बाहिर उछिट्टिएको दाँत मिलाउनका लागि तार लगाउने वा बाँध्ने गरिन्छ । दाँत मिलाउने वा बाँध्ने प्रक्रियालाई अथोडिन्टक ट्रिटमेन्ट भनिन्छ । तर बोलीचालीको भाषामा यसलाई तार बाँध्ने वा मिलाउने भन्ने गरिन्छ । यस्ता समस्या भएका व्यक्तिले तार बाँध्न सक्छन् । जुन व्यक्तिलाई दाँत नमिलेको जस्तो लाग्छ, दन्त चिकित्सकको सल्लाहमा मिलाउन सकिन्छ । यसका लागि सबैभन्दा पहिला दाँतको एक्सरे साथै मुखको सम्पूर्ण जाँच गरिन्छ । बाङ्गोटिङ्गो दाँत मिलाउने विभिन्न तरिका हुन्छन् । विशेषतः दाँतलाई बाँधेर पनि आकर्षक बनाइन्छ ।
यसबाट दाँतमा किरा लागेको छ, छैन, मुख कत्तिको फोहोर छ भन्ने कुरा पत्ता लाग्छ । दाँतमा कुनै समस्या देखिए बाँध्नुभन्दा पहिलो यस्तो समस्याको उपचार गरिन्छ । दाँतको अवस्था सामान्य भएपछि मात्रै मिलाइन्छ । दाँतको नाप लिने र दाँतको तस्वीर लिइन्छ । यति भइसकेपछि मात्रै तार बाँध्ने प्रक्रिया शुरु हुन्छ । तार बाँध्नका लागि कुनै सीमित उमेर नभएपनि हुन्छ । पछिल्लो समय अत्याधुनिक प्रविधि भित्रिइसकेकोले पनि यसमा कुनै समस्या हुँदैन ।
कतिपय दाँत बिग्रिएकालाई धेरै समयसम्म राख्नुपर्ने हुन्छ भने कतिपयको छिट्टै पनि हुन्छ । तार निकालेपछि पनि दाँतको स्याहार गरिरहनुपर्छ । दाँतबाट तार निकालेपछि दाँत फेरि आफ्नै ठाउँमा जाने हुनाले नयाँ ठाउँ मेन्टेन गरेर राख्नुपर्छ । जसको अवधि करिब एक वर्षको हुन्छ ।
दाँत दाँतको बीचमा ग्यापको समस्या पनि हुन्छ । त्यस्तै, हाँस्दा गिजा देखिने समस्या पनि हुन्छ । हामीले त्यसको पनि सहजै उपचार गर्छौं । यस्तै, यहाँ दाँत किराले खाएको लगायतको पनि उपचार गरिन्छ ।
यिनै विषयमा केन्द्रित रहेर धरान डेन्टलमा कार्यरत डा. मलिना उप्रेतीसँग हामीले भिडियो कुराकानी गरेका छौं, हेर्नुहोस् भिडियोः

प्रकाशित मिति: माघ १२ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend