धरानः धरानमा दुईजना संक्रमित पुरुषको मृत्यु भएको छ ।
धरान–११ का ४५ वर्षीय र धरान–१५ का ७२ वर्षीय पुरुषको धरानस्थित बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार धरान–११ का संक्रमित पुरुषमा गत ६ गते कोरोना पुष्टि भएको थियो । उनले खोप पनि लगाएको पाइएको छ । उनी लिभर, किड्नीलगायतको दीर्घरोगी थिए । उनी गत ६ गते नै कोभिड अस्पतालमा भर्ना भएका थिए भने उनको बुधबार ८ः४० बजे मृत्यु भएको उनले जानकारी दिए ।
यस्तै, धरान–१५ का खोप लगाइसकेका एक संक्रमित व्यक्तिको मृत्यु भएको छ । उनमा गत ९ गते कोरोना पुष्टि भएको थियो । उनी गत १२ गते अस्पताल भर्ना भएका थिए । उनको बिहीबार ७ः४० बजे मृत्यु भएको उनले जानकारी दिए ।