Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पूर्वी पहाडको हिउँमा रमाउने आन्तरिक पर्यटक बढे

हाम्रो कोशी आवाज
माघ १४ २०७८, शुक्रबार
पूर्वी पहाडको हिउँमा रमाउने आन्तरिक पर्यटक बढे

तेह्रथुमः पूर्वी पहाडी जिल्लामा हिउँ खेल्न जाने आन्तरिक पर्यटकहरूको भीड लाग्ने गरेको छ । केही समयदेखि पूर्वी पहाडी जिल्लाका उच्च क्षेत्रमा लगातार हिउँ परिरहेको छ ।
हिउँमा रमाएर फोटो खिच्न आउनेहरूको संख्या केही दिनयता अत्याधिक बढेको स्थानीयको भनाइ छ । तेह्रथुम, संखुवासभा, धनकुटा, ताप्लेजुङलगायतका जिल्लामा बाक्लो हिउँ परेको छ । धरानबाट ३ घण्टाको यात्रापछि हिउँ परेको स्थानमा पुगिन्छ । शनिबार र आइतबार हजारौं आन्तरिक पर्यटकहरू हिउँ खेल्न धनकुटाको सिधुवादेखि तेह्रथुमको वसन्तपुरसम्म पुग्ने गरेका छन् । त्यसक्षेत्रमा पर्ने चित्रेडाँडा, पटकेडाँडादेखि मिल्के भन्ज्याङसम्मका सडक र डाँडाहरू सेताम्मे भएका छन् । तीनजुरे क्षेत्रमा हिउँ खेल्न सुनसरी, मोरङ, झापालगायतबाट गाडी नै रिजर्भ गरेर आन्तरिक पर्यटकहरू पुग्ने छन् । हिउँमा खेल्दै गरेका तस्बिरहरू सामाजिक सञ्जालमा समेत पोष्ट गरेको पाइन्छ ।
हिउँ परेपछि स्थानीय पर्यटन र होटल व्यवसायीसमेत उत्साहित भएका छन् । तेह्रथुमको उच्च क्षेत्रमा प्रत्येक वर्षजसो हिउँ पर्छ । पूर्वी तराई र भारत विहारबाट नजिकै रहेको तीनजुरे, मिल्के, जलजले क्षेत्रमा पर्यटक आउने गरेको व्यवसायी छिरिङ लामा बताउँछन् । तीनजुरे, पटेकडाँडा, मेन्छयायाम डाँडालगायत स्थानबाट सूर्योदय, सूर्यास्त र हिमालको सुन्दर दृश्य देखिने गरेका कारण पर्यटकहरू झनै रमाउने गरेका छन् । यस क्षेत्रबाट कुम्भकर्ण, मकालु, कञ्चनजंघा, सगरमाथालगायतका हिमश्रृंखला अवलोकन गर्न सकिन्छ । पर्यटकले फर्किएर जाँदा चौंरीको छुर्पी, चिज, चौंरीको घ्यू, लेकाली फलफूलको वाइन, गुराँसको जुस, ढाका र खाँडीको कपडा, खुकुरी, लोकल कुखुरा, सुकुटीलगायत कोसेलीका रुपमा लैजाने गर्छन् ।

प्रकाशित मिति: माघ १४ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend