धरानः धरानमा तेस्रो लहरमा फेरि थप अर्की संक्रमितको मृत्यु भएको छ । धरान–९ की संक्रमित महिलाको मृत्यु भएको हो ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धरान–९ को संक्रमित महिलाको मृत्यु भएको हो । गत माघ १४ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत १४ गते कोभिड अस्पतालमा भर्ना भएकी थिइन् ।
उनको शनिबार १ः०० बजे मृत्यु भएको सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए । उनमा मधुमेहको समस्या रहेको उनले जानकारी दिए । उनले यसअघि कोरोनाविरुद्धको खोप पनि लगाएको पाइएको उनले जानकारी दिए ।