धरानः धरानमा तेस्रो लहरमा फेरि थप दुई संक्रमितको मृत्यु भएको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत बुद्धशान्ति–३ का ७० वर्षीय पुरुषको मृत्यु भएको सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए ।
गत माघ १४ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत १४ गते कोभिड अस्पतालमा भर्ना भएका थिए । उनको आइतबार ५ः२५ बजे मृत्यु भएको उनले जानकारी दिए । उनमा किड्नीको समस्या समेत थियो । उनले कोरोनाविरुद्धको खोप पनि लगाएको पाइएको चिकित्सकले जानकारी दिएका छन् ।
यस्तै, प्रतिष्ठानमा उपचाररत राजविराज–१५ का ७५ वर्षीय पुरुषको मृत्यु भएको सहप्रवक्ता पोखरेलले जानकारी दिए ।
गत माघ १४ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत १४ गते कोभिड अस्पतालमा भर्ना भएका थिए । उनको शनिबार ११ः०० बजे मृत्यु भएको उनले जानकारी दिए । उनमा पनि किड्नीको समस्या थियो । उनले कोरोनाविरुद्धको खोप पनि लगाएको पाइएको चिकित्सकले जानकारी दिएका छन् ।