धरानः धरानमा तेस्रो लहरमा ८ दिनमा ८ जना संक्रमितको मृत्यु भएको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत् ८ जना संक्रमितको मृत्यु भइसकेको कोभिड–१९ अस्पताल प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए ।
अस्पतालमा उपचार गराइरहेका सुनसरीका चारजना जना, मोरङ, झापा १, १ जना र सप्तरीका दुईजना संक्रमितको मृत्यु भएको उनले जानकारी दिए ।
यसैबीच आइतबार १०ः३० बजे प्रतिष्ठानमा उपचाररत हनुमाननगर कङ्कालिनी ८ सप्तरीकी ७६ वर्षीया संक्रमित महिलाको मृत्यु भएको हो । उनीसँगै धरानमा उपचाररत सप्तरीका दुई संक्रमितको मृत्यु भएको हो । उनी आइतबार अस्पताल भर्ना भएकी थिइन् । उनमा आइतबार नै कोरोना पुष्टि भएको थियो ।
८ दिनअघि पनि अन्य दुईजना संक्रमितको मृत्यु भइसकेको छ । धरानमा एक महिला र एक पुरुषको मृत्यु भएको हो । १० मिनेटको अन्तरमा यी दुई संक्रमितको मृत्यु भएको थियो । लहान–१९ सिरहाकी महिला र पुरुषको मृत्यु भएको हो ।
तेस्रो लहरमा कुन भेरियन्टका कारण मृत्यु भएको हो भन्नेबारेमा अहिलेसम्म केही खुल्न सकेको छैन ।