Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जसले अभावका बीच बाँडे सुनसरीका पालिकामा निःशुल्क सिटामोल

हाम्रो कोशी आवाज
माघ १७ २०७८, सोमबार
जसले अभावका बीच बाँडे सुनसरीका पालिकामा निःशुल्क सिटामोल

सुनसरीः नेपाली कांग्रेसका युवा नेता, नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य तथा १४ औं महाधिवेशनका निर्वाचित प्रतिनिधि डा. अबुल हुसैन अन्सारीले सुनसरीको विभिन्न पालिकाहरुमा निःशुल्क औषधी हस्तान्तरण गरेका छन् ।
सुनसरीको बराहक्षेत्र नगरपालिका, इनरुवा नगरपालिका, कोशी गाउँपालिका, हरिनगर गाउँपालिका र भोक्राहा नरसिंह गाउँपालिकालाई निःशुल्क सिटामोल हस्तान्तरण गरेका हुन् । काठमाण्डौंमा गत बुधबारदेखि अयान हेल्थ केयर र अनमोल हेल्थ केयर प्रालिको आयोजनामा निःशुल्क औषधि वितरण कार्यक्रमलाई निरन्तरता दिँदै गृह जिल्ला सुनसरीमा सो पालिकाहरुलाई पनि निःशुल्क पारासिटामोल ट्याब्लेट हस्तान्तरण गरेका हुन् ।
इनरुवा नगरपालिकालाई ७ हजार, बराहक्षेत्र नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका र कोशी गाउँपालिकालाई ३५ सयको परिमाणमा निःशुल्क सिटामोल वितरण गरेको अयान हेल्थ केयर र अनमोल हेल्थ केयर प्रालिका प्रतिनिधि तथा पत्रकार समेत रहेका ताविल अन्सारीले जानकारी दिए ।
निःशुल्क सिटामोल हस्तान्तरण गर्दै हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले कोभिड–१९ महामारीको बेला र देशमा सिटामोल अभाव भएको बेलामा राहतस्वरुप समाजसेवा गर्ने भावनाले सिटामोल उपलब्ध गराएकोमा आभार प्रकट गर्दै धन्यवाद व्यक्त गरेका थिए ।
निःशुल्क सिटामोल हस्तान्तरण गर्दै भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवले कोभिड–१९ महामारीको बेला र सिटामोल अभाव भएको समयमा भोक्राहा नरसिंह गाउँपालिकाको जनताको हकहित र सेवा गर्ने उद्देश्यको साथ सिटामोल उपलब्ध गरिदिएकामा युवा नेता अन्सारीलाई धन्यवाद दिएका थिए ।
यसैगरी निःशुल्क सिटामोल हस्तान्तरण गर्दै कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले अभावको बेला निःशुल्क सिटामोल उपलब्ध गराइएकोमा धन्यवाद दिएका थिए ।
यस्तै बराहक्षेत्र नगरपालिकाका लेखा अधिकृत वीरेन्द्र यादवले बराहक्षेत्र नगरबासीलाई सिटामोलको अभाव नहोस् भन्ने उद्देश्यले सिटामोल उपलब्ध गराएकोले यस्तो कार्यको प्रसंशा गर्दै सो हेल्थ केयरका अध्यक्ष तथा युवा नेता अबुल हुसैन अन्सारी तथा उपस्थित सम्पूर्ण प्रतिनिधिलाई धन्यवाद दिएका थिए ।
इनरुवा नगरपालिकाका स्वास्थ्य प्रमुख निखिल पोखरेलले इनरुवा क्षेत्रमा कोभिड–१९ संक्रमण भएका व्यक्तिलाई सिटामोलले उपचारमा सहयोग पुग्ने बताउँदै अयान हेल्थ केयर र अनमोल हेल्थ कम्पनीको प्रगतिको कामना गर्दै अन्सारीलाई धन्यवाद व्यक्त गरेका थिए ।
निःशुल्क सिटामोल हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका नेता हाजी इसराइल मन्सुरी, भोक्राहा नरसिंह गाउँपालिका–४ का अध्यक्ष हारुन अन्सारी, अयान हेल्थ केयर र अनमोल हेल्थ केयर प्रा.लि. का प्रतिनिधि ताविल अन्सारी, नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ ‘ख’ का सचिब नईम अन्सारी, नेपाली कांग्रेस सुनसरीका युवा नेता आरिफ हुसैन, पत्रकार टोमराज मेहता, अजमल अन्सारीलगायतको नेतृत्वमा हस्तान्तरण गरेको थियो ।
नेता अन्सारी हाल काठमाडौंमा बसोबास गर्दै आएको र जिल्लामा सिटामोलको अभाव रहेको खबर पाएपछि राजनीतिकमा सक्रिय तथा ओैषधी व्यवसायी समेत रहेका सुनसरीको भोक्राहा नरसिंह–४ स्थायी घर भएका अन्सारीले गृह जिल्लाका सो पालिकाहरुलाई २१ हजार ट्याबलेट सिटामोल हस्तान्तरण गरेका हुन् ।
नेता अन्सारीले सुनसरीमा बाँकी रहेका इटहरी उपमहानगरपालिका, दुहबी नगरपालिका, बर्जु गाउँपालिका, देवानगञ्ज गाउँपालिका, गढी गाउँपालिका लगायतका अन्य पालिकाहरुको लागि पठाउने तयारी भइरहेको समेत बताए ।
युवा नेता अन्सारीले हाललाई पाँचलाख ट्याब्लेट पारासिटामोल वितरण गर्ने योजना रहेको बताए । देशमा पारासिटामोल अभाव भएको समाचार विभिन्न मिडियामा आएपछि नेता अन्सारीले निःशुल्क वितरण अभियान स्वरुप देशव्यापी सुरु गरेका हुन् ।

प्रकाशित मिति: माघ १७ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend