धरानः धरान-१० का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
माघ १६ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका ती पुरुषको बुधबार बिहान ७ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता चुरामणि पोखरेलले जानकारी दिए। उनमा माघ १३ गते संक्रमण पुष्टि भएको थियो ।
पोखरेलका अनुसार ती पुरुष मिर्गौलाका बिरामी रहेका थिए । उनले कोरोनाविरुद्धको खोप लगाएका थिए ।