धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन घण्टाको फरकमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
एकैदिन दुईजना कोरोना (कोभिड–१९) संक्रमितको मृत्यु भएको हो । कोभिड अस्पतालका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार धरान–११ का ६३ वर्षीय पुरुषको बुधबार बिहान ९ः५५ बजे मृत्यु भएको छ । उनमा मिर्गौलासम्बन्धी समस्या थियो । माघ १२ गते कोरोना संक्रमण पुष्टि भएका उनी गत १२ गते अस्पताल भर्ना समेत भएका थिए ।
उनले कोरोनाविरुद्धको खोप लगाएका थिएनन् । यस्तै, धरान–१० का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । उनको बुधबर बिहान ७ बजे मृत्यु भएको थियो ।
माघ १६ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका ती पुरुषमा माघ १३ गते संक्रमण पुष्टि भएको थियो । पोखरेलका अनुसार ती पुरुष मिर्गौलाका बिरामी रहेका थिए । उनले कोरोनाविरुद्धको खोप लगाएका थिए ।