Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश नं १ मा सङ्क्रमण दर घट्दो

हाम्रो कोशी आवाज
माघ २१ २०७८, शुक्रबार
प्रदेश नं १ मा सङ्क्रमण दर घट्दो

धरानः विगत केही दिनदेखि प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दै गएको छ । सङ्क्रमणमुक्त दर भने बढेको पाइएको छ । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा २६८ जनामा कोरोना सङ्क्रमण भएको छ ।

सोही अवधिमा १९९ महिलासहित ४२६ कोरोना सङ्क्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ३५४ जनाको पीसीआर परीक्षण गर्दा १३१ र ५५७ जनाको एन्टिजेन परीक्षण गर्दा १३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

पिसिआर परीक्षणका आधारमा मोरङमा ५३, झापामा ३७, सुनसरीमा १८, इलाम र उदयपुरमा दुई÷दुई, ताप्लेजुङ, सोलुखुम्बु, सङ्खुवासभा, तेह्रथुम र खोटाङमा एक/एक र प्रदेश बाहिरका १४ जनामा सङ्क्रमण देखिएको हो ।

स्थानीय पालिकाअनुसार मोरङको विराटनगरमा सबैभन्दा २७ र सुनसरीको इटहरीमा ११ सहित प्रदेशमा ३७ वटा पालिकामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आज एक महिलासहित दुईको मृत्यु भएको र चार हजार ७०५ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: माघ २१ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend