Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

टिकटकमा भाइरल भएका हाङगाम प्रदेश १ को मन्त्री

हाम्रो कोशी आवाज
माघ २३ २०७८, आइतबार
टिकटकमा भाइरल भएका हाङगाम प्रदेश १ को मन्त्री

विराटनगरः ताप्लेजुङका समानुपातिक सांसद प्रतापप्रकाश हाङगाम उद्योग श्रम तथा रोजगार मन्त्री बनेका छन् ।
पाँचपटक प्रधानपञ्च भएका उनले २० वर्षको उमेरमा राजनीति शुरु गरेका थिए । उनी २१ वर्षको हुँदा प्रधानपञ्च भएर चर्चामा थिए । नेपाली काङ्ग्रेसबाट समानुपातिक सांसद बनेका हाङगाम संस्थापन पक्षका हुन् ।
प्रदेशसभाको बैठकमा मन्तव्य दिँदा सामाजिक सञ्जालमा भाइरल भएका उनी मन्त्री भएपछि अलि बढी चर्चामा छन् ।
मुख्यमन्त्री राजेन्द्रकुमार राईले आइतबार गरेको मन्त्रिपरिषद विस्तारमा उनी काङ्ग्रेसको कोटाबाट मन्त्री बनेका थिए । कालापानी र लिपुलेकमा भारतले भूमी मिचेको विषयमा प्रदेशसभाको बैठकमा बोलेको ‘राति मिचेको हो कि दिउँसो मिचेको हो, ढुङ्गाले भेटे ढुङ्गाले हान्छु, खुकुरीले भेटे खुकुरीले हान्छु’ भन्ने भनाइ टिकटकमा भाइरल भएको थियो ।
हाङगाम कांग्रेसका पुराना नेता हुन् । उनी समानुपातिक संसद हुन् । जिल्ला विकास समितिको सदस्य हुँदै उनी उपसभापति पनि बनेका थिए ।

प्रकाशित मिति: माघ २३ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend