धरानः धरानमा तेस्रो लहरमा फेरि अर्र्की संक्रमित महिलाको मृत्यु भएको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत् याङ्वरक–१ ताप्लेजुङका ६५ वर्षीया महिलाको मृत्यु भएको सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए । उनले कोरोनाको खोप नलगाएको पाइएको छ ।
गत माघ २३ गते उनमा कोरोना पुष्टि भएको थियो । उनी गत २३ गते कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । उनको मङ्गलबार ३ः३० बजे मृत्यु भएको उनले जानकारी दिए । उनमा स्टोकको समेत समस्या रहेको उनले जानकारी दिए ।