Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान-१७ का युवती र महिलाले सिके वडाको बजेटले मेकअप र स्किन केयर तालिम

हाम्रो कोशी आवाज
माघ २५ २०७८, मंगलबार
धरान-१७ का युवती र महिलाले सिके वडाको बजेटले मेकअप र स्किन केयर तालिम

धरानः धरान–१७ मा बेसिक मेकअप तथा स्किन केयर तालिम सम्पन्न भएको छ ।
समता समाज नेपालद्वारा आयोजना गरिएको तालिम माघ १९ देखि २५ गतेसम्म सञ्चालन भएको थियो । धरान उपमहानगरपालिका वडा नं. १७ को आर्थिक वर्ष २०७८–७९ को बजेटबाट खर्च हुने गरि आयोजक संस्थालाई कार्यक्रम आयोजना गर्न स्वीकृति दिएको थियो ।
तालिममा धरान–१७ का ३० युवती र महिला सहभागी भएका थिए । धरान–१७ स्थित नमस्ते सामुदायिक भवनमा सञ्चालित सो तालिमको प्रमुख प्रशिक्षकको रुपमा ब्युटीजोन ब्युटिपार्लरका सञ्चालिका दीपा श्रेष्ठ रहेकी थिइन् ।
तालिम कार्यक्रमको समापनको प्रमुख अतिथि धरान–१७ का वडा सदस्य युवराज विष्टले सीपमूलक कार्यक्रमको बजेट विकास निर्माणमा खर्च गर्नुपर्ने धारणा ब्युटिसियन तालिमबाट गलत सावित भएको बताए । त्यस्तै, वडा सदस्य सुवास बर्देवाले महिलाहरुको सीप विकासका लागि अझै बजेट छुट्याउनु आवश्यकता रहेको धारणा व्यक्त गरे । कार्यक्रममा वडा सदस्य सुवास बर्देवा, युवराज विष्ट र कुसुम परियार साथै संस्थाका पदाधिकारी ऋचा शंकर, रविन श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: माघ २५ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend