Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानमा डा. यादवलाई उपकुलपतिकै हैसियत

हाम्रो कोशी आवाज
माघ २६ २०७८, बुधबार
धरानको बीपी प्रतिष्ठानमा डा. यादवलाई उपकुलपतिकै हैसियत

धरानः सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. श्यामसुन्दर यादवलाई उपकुलपतिको हैसियतमा काम गर्ने जिम्मेवार दिएको छ ।
बुधबार बसेको मन्त्री स्तरीय बैठकले उनलाई यस्तो जिम्मेवारी दिएको हो । आर्थिक अधिकारको प्रयोगमा यादव र महालेखा नियन्त्रकको कार्यालयबाट खटिएका अधिकृत कर्मचारीलाई संयुक्त हस्ताक्षरबाट कार्य गराउन मन्त्रालयले निर्देशन दिएको छ ।
डा.यादवले प्रतिष्ठानको नियमावली, २०५५ को नियम ६.४ बमोजिमको कार्य गर्न पाउने छन् । उनी प्रतिष्ठानमा प्रशासनिक र आर्थिक कारोबार गर्ने अधिकार नपाएपछि केही दिन अघि काठमाडौं पुगेका थिए । मन्त्रीपरिषद्को बैठकले गत पुस ३० गतेको निर्णयानुसार प्रतिष्ठान सञ्चालन गर्न कानुन बमोजिम अर्को व्यवस्था नभएसम्मको लागि प्रतिष्ठान ऐन २०४९ को दफा २० क बमोजिम सहकुलपति मार्फत प्रतिष्ठानको स्वास्थ्य र अध्ययन सेवा अवरुद्ध नहोस् भनेर डा. यादवलाई जिम्मेवार दिएको थियो ।

प्रकाशित मिति: माघ २६ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend