हिउँदको मौसमलाई स्वास्थ्यको दृष्टिले राम्रो मानिन्छ । तर जाडोमा धेरैजसो मानिसहरुको ब्लड प्रेसर अचानक बढ्न जान्छ । यस अवस्थामा टाउको दुख्नु, नाकबाट रगत आउनु, आँखाले धमिलो देख्नु, छाती कस्सिएको अनुभव हुनु, छाती दुख्नु, गर्दन भारी हुनेलगायतका समस्या हुन जान्छ ।
जाडोमा प्रेसरका बिरामी बढी भेटिन्छन् । जाडो महिनामा चिल्लोचाप्लो खानेकुरा खाने र धेरै खाने गर्नाले पनि प्रेसर बढेको पाइएको छ । जाडो (चिसो) ले शरीरलाई स्वभाविक तापमान र न्यानो बनाई राख्नको निम्त रक्त सञ्चारमा रुकावट पैदा गर्दछ । जसले गर्दा मुटुले रक्तनलीहरुमा रक्त सञ्चालनको लागि सामान्य भन्दा बढी मेहनत गर्नुपर्ने हुन्छ । यसकारण ब्लडप्रेशर बढ्न जान्छ । जसको ब्लड प्रेसर सामान्य रहन्छ । त्यस मध्ये कतिपयको ब्लड प्रेसर केही मात्रमा बढेकै हुन्छ ।
जाडोमा प्रेसर बढ्ने कारणहरु
जाडोमा शरीरको तापमान कम हुनले रक्तनली खुम्चिएर साँगुरिन्छ । साँगुरिएको नशा धमनीहरुमा रक्त सञ्चारको लागि मुटुले बढि बल गर्नुपर्ने हुन्छ । जसले गर्दा ब्लडप्रेशर बढ्न जान्छ । यस्तै, जाडोयाममा शरीरबाट पसिना नआउनले पनि प्रेसर बढ्दछ । घरमै बसिरहने शारीरिक गतिविधि नगर्ने, गलत खानपानको आदतले पनि प्रेसर बढ्छ ।
यसरी बढ्दैन प्रेसर
खानपिनमा ध्यान दिए पुग्छ । विशेषतः नुन कम खाने, चिल्लोचाप्लो कम खाने, रातो मासु, मद्यपान, धुम्रपान नगरे पनि धेरै हदसम्म प्रेसर कन्ट्रोल गर्न सकिन्छ । पोटासियम र मेग्नेशियमयुक्त भएको खाद्य पदार्थ भरपुर मात्रामा लिने गर्नुपर्दछ । सधै सन्तुलित आहार लिने, खानामा चोकरसमेतको गहूँको पिठोको रोटी, टुसा उम्रेको अन्न, लौका, माछा, गोलभेंडाको जुस, काँक्रो, प्याज, अमला आदि समावेश गर्ने । फलफुलमा स्याउ, केरा र हरियो सागपात बढी मात्रा खाने । -पुनः प्रकाशित सुनौं, हेरौं डा. रिजालको सुझाव: