Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा तीनजनाले खोले ८० लाखको लगानीमा ‘कफी पब’

हाम्रो कोशी आवाज
माघ २९ २०७८, शनिबार
धरानमा तीनजनाले खोले ८० लाखको लगानीमा ‘कफी पब’

धरानः धरान–१० पुतलीलाइनमा तीनजना युवा मिलेर ‘कफी पब एण्ड रेष्टो’ शुरुवात गरेका छन् ।
धरानका तीनजना युवा मिलेर ८० लाख रुपैयाँको लगानीमा सो पब सञ्चालनमा ल्याउन लागेका हुन् । ज्वाइँ खानाको मुनि सो पब सञ्चालनमा आएको हो । ज्वाइँ खानाका सञ्चालक हरि श्रेष्ठ, पत्रकार शिशिर राई र व्यवसायी रोमकुमारी लिम्बूको संयुक्त लगानीमा लगानीमा पब एण्ड रेष्टो शुरु भएको पत्रकार सम्मेलनमा जानकारी दिए ।
सञ्चालक श्रेष्ठका अनुसार पवमा हाँसको छोइला, कालिजको मासु, बँदेलको मासु, मःमका भेराइटी (झानेको, साँदेको, छोइला चार्ट, चटपटे मःमलगायत अन्य) का स्वाद चाख्न पाइनेछ । यस्तै, फरक तरिकाले खसी, बङ्गुरलगायतको फोक्सोको आइटम पनि चाख्न पाइने उनले जानकारी दिए ।

यस्तै, बेकरी आइटम (पिज्जा, वर्गर आदि), अनुभवी वारिष्ठा र सेफले बनाएको कफी, बेकरी आइटम, फाष्टफुड, इण्डियन, नेपाली, चाइनीज परिकारहरु पनि पाइनेछ । यस्तै, बैठक, बर्थ डे पार्टीको लागि छुट्टै क्याबिन कटेज पनि रहेको छ । कफी पवले शुभारम्भको अवसरमा फागुन १ गतेदेखि १५ गतेसम्म हरेक खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट दिने पनि जनाएको छ । सञ्चालकहरुले आइतबार (फागुन १) गतेदेखि पब एण्ड रेष्टो सञ्चालनमा आउने जानकारी दिएका हुन् । पब एण्ड रेष्टो बिहान ७ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुने जनाइएको छ ।
पब एण्ड रेष्टोमा १४ फ्रेबुअरी अर्थात् भ्यालेन्टाइन डेको दिन चर्चित साहित्यकार एवं कलाकार उपेन्द्र सुब्बा (झाक्री)को एकल कविता वाचन आयोजना हुने भएको छ । साँझ ५ बजेदेखि शुरु हुने कार्यक्रममा शुरुवातमा नाद सरगम संगीत विद्यालयका कलाकार प्रिया लामा र रोनिश श्रेष्ठले अकुस्टकी शैलीमा गीत प्रस्तुत गर्नेछन् । उनीहरुको प्रस्तुति करिब २ घण्टा हुनेछ ।
त्यसपछि करिब ७ बजेदेखि कलाकार उपेन्द्र सुब्बाको प्रस्तुति शुरु हुनेछ । उनले आफ्नो पुराना र नयाँ प्रेमिल कविताहरु वाचन गर्नेछन् । उनले पनि करिब २ घण्टा कविता वाचन गर्ने र कार्यक्रम राति ९ बजेसम्म हुने आयोजकले जनाएको छ । सो कार्यक्रमको लागि प्रवेश टिकट लाग्नेछ भने टिकट रकम बराबरको कम्प्लिमेन्ट्री ड्रिंस र स्न्याक्स उपलब्ध हुने श्रेष्ठले बताए । निमन्त्रणा कार्डसहित आउनेहरुलाई पनि प्रवेश निःशुल्क हुनेछ ।

प्रकाशित मिति: माघ २९ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend