धरानः कफीको पारखी धरानेहरुको लागि धरान–११ नारायणचौकमा सुगर एण्ड स्पाइस शनिबारदेखि खुलेको छ ।
माघ १९ गते ट्रयाल ओपनिङ गरेर सुरु गरिएको सुगर एण्ड स्पाइसले शनिशार भने ग्राण्ड ओपनिङ भएको हो । करिब ४० लाख लगानीमा घरमै शुरु गरेको सुगर एण्ड स्पाइसको उद्घाटन सञ्चालक कुन्साङ गुरुङकी आफ्नै ५५ वर्षीया आमा नुतन सुव्बा गुरुङले केक काटेर उद्घाटन गरेकी थिइन् ।
आफ्नो समयमा मन भएपनि आँट नभएको र त्यो समयमा परिवारको साथ समेत नहुने भएको हुँदा आफ्नो छोरीलाई युवा अवस्थाबाट नै व्यवहारिक र व्यावसायिक ज्ञान दिनका लागि आफै प्रोत्साहन गरी व्यावसाय सञ्चालन गर्न सुझाएको आमा गुरुङले बताइन् ।
गुरुङको तीन छोरीमध्ये कुन्साङ कान्छी हुन् । व्यवसाय सञ्चानलका लागि सहयोग समेत गरेकी जेठि छोरी परिवारको साथमा युकेमा छिन् भने माइली छोरी अष्ट्रेलियामा अध्यनको क्रममा रहेको उनले बताइन् ।
ग्राण्ड ओपनिङको दिन करिब डेढ सय जना ग्राहकहरुले भिजिट गरेको सञ्चालक कुन्साङले जानकारी दिइन् । उनका अनुसार २५ भन्दा बढी भेराइटीका कफीको स्वाद लिन पाइने क्याफेमा धरानको अन्य रेष्टुरेन्टमा नपाइने टिवेटियन द पाउ मम, वाओ पञ्च, पिज्जा, वर्गर र घरमा नै बनाएको फ्रेन्च फ्राइ र लोडेड फ्राइको स्वाद सुगर एण्ड स्पाइसमा लिन सकिन्छ । नर्सिङ कोर्ष सकेर बसेकी २२ वर्षीय कुन्साङ्ले आफ्नै घरमा व्यवसाय थालेकी हुन् । तस्वीरः विकास चाम्लिङ
