Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका महिलाले हेयर कटिङ सिके

हाम्रो कोशी आवाज
फाल्गुन ९ २०७८, सोमबार
धरानका महिलाले हेयर कटिङ सिके

धरानः धरान-८ बरगाछीका महिलाहरुले हेयर कटिङ तालिम सिकेका छन् । उनीहरुले सिकेको कुरा व्यवहार र आय आर्जनमा लगाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
बरगाछी महिला समूह धरान–८ को आयोजनामा आधारभूत हेयर कटिङ तालिम भएको हो । आइतबार समापन भएको तालिम गत माघ २२ गतेदेखि फागुन ७ गतेसम्म सञ्चालन भएको थियो ।
तालिम धरान उपमहानगरपालिका वडा नं. ८ वडा कार्यालयको महिला लक्षित कार्यक्रमअन्र्तगत सञ्चालित थियो । समापन समारोहका प्रमुख अतिथि तथा धरान ८ का वडा सदस्य प्रेमबहादुर तामाङले २५ सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए ।
समूहकी अध्यक्ष चन्द्रकला प्रधानको अध्यक्षतामा सम्पन्न तालिममा प्रशिक्षण सोनिमा हेयर कटिङकी सुनिता श्रेष्ठले प्रशिक्षण दिएकी थिइन् । तालिम कार्यक्रम संयोजक इन्दु श्रेष्ठले तालिमका सहभागीहरुलाई स्वगत गर्दै तालिमका सिकेका कुरा व्यवहारमा लागू गरी आयआर्जन समेत गर्न सुझाइन् ।
समूहकी सल्लाहकार तथा समाजसेवी शिला बज्राचार्यले महिला समूहले गरेको कामको खुलेर प्रशंसा गर्दै समूहलाई महिला सञ्जालमा आवद्ध हुन सुझाव दिएका थिए । समूहलाई अगाडि बढाउन समूहका सदस्यहरुको क्षमता वृद्धि हुनुपर्ने नेतृत्व र व्यक्तित्व विकास हुनुपर्ने भन्दै आगामी दिनमा नेतृत्व तथा व्यक्तित्व विकास तालिम आयोजना गर्न अनुरोध गर्दै त्यसका लागि आवश्यक सहयोग गर्ने समेत बज्राचार्यले प्रतिबद्धता ब्यक्त गरिन् ।
तालिमका सहभागी पम्फा कठायत पराजुलीले आफूहरुले सिकेको कुरा घर परिवारमा उपयोगमा आएको र यसलाई व्यवसायिक समेत बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा बुद्धिजीवी बद्री तामाङले समूहको प्रगतिको शुभकामनासहित महिलाको क्षमता विकासमा आफूहरु लागिरहेको जानकारी गराए । कार्यक्रममा अतिथहरु समाजसेवी करुणा आचार्जु, उमेश पौडेलअगायत रहेका थिए । कार्यक्रम समूहकी सहसचिव सुदीपा मिश्रले सञ्चालन गरेकी थिइन् ।

प्रकाशित मिति: फाल्गुन ९ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend