Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नङ पोलिस लगाउन पनि अन्य देशकै भर

हाम्रो कोशी आवाज
फाल्गुन १३ २०७८, शुक्रबार
नङ पोलिस लगाउन पनि अन्य देशकै भर

धरानः अधिकांश नेपाली महिलाहरूले नङहरूलाई सुन्दर देखाउनका लागि नङ पोलिस लगाउने गर्दछन् । तर, नेपाली महिलाहरूको नङ रंग्याउन अन्य देशको भर पर्नुपर्ने बाध्यता छ । भन्सार विभागको तथ्याङ्क हेर्ने हो भने नेपालमा विभिन्न देशहरूबाट करोडौँ रुपैयाँ बराबरको नङ पोलिस आयात भएको देखिन्छ ।
चालू आर्थिक वर्षको सात महिनामा तीन करोड भन्दा बढीको नङ पोलिस आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको सात महिनामा विभिन्न देशहरूबाट तीन करोड ३१ लाख ८६ हजार रुपैयाँ बराबरको नङ पोलिस आयात भएको हो । नङ पोलिस आयातबाट यस अवधिमा एक करोड २२ लाख ४४ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ ।
तथ्याङ्क अनुसार सात महिनामा सात वटा देशबाट १५ हजार १३७ लिटर नङ पोलिस आयात भएको हो । यस अवधिमा चीनबाट सर्वाधिक नङ पोलिस आयात भएको देखिन्छ । चालू आवको माघ मसान्तसम्म भारतबाट एक करोड ८१ लाख २९ हजार रुपैयाँ बराबरको नङ पोलिस आयात भएको छ । जसबाट सरकारलाई ६६ लाख २६ हजार रुपैयाँ राजश्व प्राप्त भएको छ ।
त्यस्तै, यस अवधिमा भारतबाट एक करोड ३० लाख १९ हजार रुपैयाँ बराबरको नङ पोलिस आयात भएको छ । जसबाट सरकारलाई ४७ लाख ४८ हजार रुपैयाँ राजश्व प्राप्त भएको छ । यस्तै, अस्ट्रेलियाबाट १२ लाख ३५ हजार रुपैयाँ बराबरको नङ पोलिस आयात भएको छ । जसबाट सरकारलाई ५ लाख रुपैयाँ राजश्व प्राप्त भएको छ ।
त्यसैगरि, भन्सारको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको माघ मसान्तसम्म फ्रान्सबाट पाँच लाख ९८ हजार रुपैयाँ बराबरको नङ पोलिस आयात भएको छ । जसबाट दुई लाख १८ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ । यस अवधिमा कोरियाबाट पनि दुई लाख पाँच हजार रुपैयाँ बराबरको नङ पोलिस आयात भएको देखिन्छ । यस अवधिबाट सरकारलाई एक लाख ५२ हजार राजश्व प्राप्त भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति: फाल्गुन १३ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend