धरानः धरान-१२ स्थित धरान मेघा कलेज ‘स्वास्थ्य अभियान’ कार्यक्रम आयोजना भएको छ । कार्यक्रममा विद्यार्थीको रक्त समूह (ब्लड ग्रुप), सुगर–प्रेसरको परीक्षण गरिएको छ ।
कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरेका अनुसार करिब २ सय ५० विद्यार्थीको रक्त समूह (ब्लड गु्रप), सुगर, प्रेसरलगायतको परीक्षण गरिएको थियो । नेपाल सुक्ष्म जीव विज्ञान विद्यार्थी समाज (एनसाम) ले धरान मेघा कलेजको सहकार्यमा यस्तो कार्यक्रम राखेको अध्यक्ष सीमा आले मगरले जानकारी दिइन् ।
शिविरमा हात्तीसार क्यामसको सूक्ष्म जीव बिज्ञान दोश्रो वर्ष, तेश्रो चौथो वर्षमा अध्ययनरत र चौथो वर्षको अध्ययन पूरा गरेका विद्यार्थीहरुले कलेजका विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरेको अध्यक्ष आले मगरले जानकारी दिइन् । कार्यक्रममा कलेजको तर्फबाट प्रिन्सिपल भास्कर पौडेल र प्रशासकीय निर्देशक कैलाश लिम्बूले सामकी अध्यक्ष सीमा आले मगरलाई मायाको चिनो प्रदान गरेका थिए ।
यसैबीच कलेजमा सण्डे स्कुल कार्यक्रम सञ्चालन हुन थालेको छ । कक्षा–११ देखि नै विद्यार्थीहरुलाई हरेक आइतबार विशेष कार्यक्रमहरु सञ्चालन गरेर सुनौलो भविष्यको लागि दरो जग बसाउने अभिप्रायले सण्ड स्कुल कार्यक्रम सञ्चालन गर्न थालेको होटल म्यानेजमेण्ट सङ्कायका विभागीय प्रमुख पोषण श्रेष्ठले जानकारी दिए ।
सण्डे स्कुलमा हस्पिटालिटी इण्डष्ट्रिजका अनुभवी, दक्ष अध्यापक, लेक्टरहरुले विद्यार्थीलाई ज्ञान शेयर गर्ने, विश्वका विभिन्न देशहरु जस्तै अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानाडा, फ्रान्स, दुबई इत्यादिमा रहेका हस्पिटालिटी इन्डष्ट्रिजका ज्ञाताद्वारा कक्षा लिइने, विभिन्न क्षेत्रमा उच्च सफलता हासिल गरेका ब्यक्तित्वहरुबाट मोटिभेसन कक्षा, विशेष किसिमका तालिमहरु जस्तैः ट्राफिक सचेतना, साइबर क्राइम, व्यक्तित्व विकास, अन्तर्राष्ट्रि भाषा आदिको कक्षा पनि दिइने उनले जानकारी दिए ।
तस्वीरहरुः हाम्रो कोशी आवाज













कलेजका विद्यार्थी नृत्य सिक्दै






