Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

झापा गोल्डकप फागुन २१ गतेदेखि

हाम्रो कोशी आवाज
फाल्गुन १७ २०७८, मंगलबार
झापा गोल्डकप फागुन २१ गतेदेखि

बिर्तामोडः पाँचौं झापा गोल्ड कप २०७८ को खेलमा नेपाल र भारतका १० टोली सहभागी हुने भएका छन्। गत वर्ष कोभिडका कारण रोकिएको गोल्डकप यस वर्ष यही फागुन २१ देखि ३० गतेसम्म सञ्चालन गर्ने तयारी भइरहेको छ।
विर्तामोड नगरपालिकामा रहेको डोमालाल रङ्गशालामा हुने खेल १० हजार दर्शकले हेर्न सक्ने गरी बाँसको प्यारापिट निर्माण गरिएको छ। खेलमैदानको घाँस काटेर र सरसफाइ गरेर चिटिक्क बनाइएको छ। खेलेको उद्घाटन पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने आयोजक संस्थाले जनाएको छ।
उद्घाटन खेल सातदोबाटो युथ क्लब र जावलाखेल युथ क्लबबीच हुने गोल्ड कप समितिका महासचिव गजेन्द्र पौडेलले बताए। दोस्रो खेल फागुन २२ गते नेपाल पुलिस क्लबीच सङ्कटा क्लबले खेल्नेछ।
तेस्रो खेल पहिलो खेलको विजेतासँग एपीएफ फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछ। चौथो खेल दोस्रो दिनको विजेतासँग थ्रीस्टार क्लबले खेल्नेछ। उनका अनुसार पाँचौं खेल त्रिभुवन आर्मी फुटबलसँग भारत दार्जिलिङको एमएफसीले खेल्नेछ।
गोल्डकपमा छैटौँ खेल झापा ११ फुटबल क्लबले भारत सिक्किमको आरपी एफसीसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेल फागुन २७ गते र दोस्रो सेमिफाइनल खेल फागुन २८ गते हुनेछ भने फाइनल खेल फागुन ३० गते सोमबार हुने जनाइएको छ।
पाँचौं संस्करणको गोल्डकपको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख पाँच हजार प्राप्त गर्नेछन्। प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयरलाई एक थान मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकलाई जनही २१ हजार र उच्च गोलकर्तालाई २५ हजारसहितको पुरस्कार प्रदान गरिनेछ। प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई नौ हजार ९९९ दिइने तयारी छ ।

प्रकाशित मिति: फाल्गुन १७ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend