Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा नारी दिवस पारेर निःशुल्क स्वास्थ्य शिविर

हाम्रो कोशी आवाज
फाल्गुन २४ २०७८, मंगलबार
धरानमा नारी दिवस पारेर निःशुल्क स्वास्थ्य शिविर

धरानः ११२ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा नेपाली कांग्रेस धरान उपमहानगर कार्यसमिति र महिला विभाग धरानको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
सोमबार धरान–२ स्थित कांग्रेसको पार्टी कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । कांग्रेस धरानका सचिव जितेन्द्र राईका अनुसार निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा करिब २ सय जनाभन्दा बढीले स्वास्थ्य परीक्षण गराएको थियो ।
निःशुल्क स्वास्थ्य शिविर गर्नुअघि कांग्रेस धरानकी नेतृहरुलाई सम्मान गरिएको थियो । कृष्णकला मादेन लिम्बू, दिलकुमारी (दिलुदिदि) राई, सरस्वती ढकाल, राजकुमारी राई, ललिता अधिकारी शर्मा, पार्वती ताम्राकार, र हेमकुमारी बिश्वकर्मा सम्मानित भएकी हुन् ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाली कांग्रेस प्रदेश एकका महासचिव उमेश थापा, प्रदेशसभा सदस्य चन्द्रप्रसाद श्रेष्ठ (डिआइजी), कांग्रेस जिल्ला सभापति केशव भण्डारी, जिल्ला सचिव माधव घिसिङ, महासमिति सदस्य एवं मेयर तिलक राई, नगर सभापति श्याम पोखरेललगायतका नेताहरुले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका थिए ।

प्रकाशित मिति: फाल्गुन २४ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend