Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पूर्वमा हुन थाले सौन्दर्य प्रतियोगिता

हाम्रो कोशी आवाज
फाल्गुन २७ २०७८, शुक्रबार
पूर्वमा हुन थाले सौन्दर्य प्रतियोगिता

उर्लाबारीः युवतीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले सञ्चालित मिस उर्लाबारीको तेस्रो संस्करणको तयारी गरिएको छ । तयारीसँगै पहिलो अडिसन समेत उर्लाबारीमा गरिएको छ ।
सेन्ट्रल फेशन हव उर्लाबारीको आयोजनामा हुने मिस उर्लाबारीको पहिलो अडिसनमा १८ जना युवतीहरुको सहभागिता रहेको आयोजक तथा संयोजक जीवन चिमरियाले जानकारी दिए ।
दोस्रो चरणको अडिसन शनिबार हुने उनले जानकारी दिए । पहिलो चरणको अडिसनमा मिस पूर्वाञ्चल २०१९ की विजेता रिजु भट्टराई, बैंकर सुमन गिरी, सामाजिक क्षेत्रबाट सरिता केसी, शिक्षा क्षेत्रबाट ज्ञानेन्द्र सुनारले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
दोस्रो चरणको अडिसन सकेर सहभागीहरुको फाइनल नाम सार्वजनिक गर्दै बन्द प्रशिक्षण थाल्ने आयोजकले जनाएको छ । यस पटक मिस उर्लाबारीमा सहभागीहरुले कुनै शुल्क तिर्नुनपर्ने भएको छ । प्रशिक्षण शुल्क समेत नलिने संयोजक चिमरियाको भनाई छ । चैत्र अन्तिममा फिनाले गर्ने गरी तयारी थालिएको मिस उर्लाबारीको पहिलो संस्करणको बिजेता नेमिता आङबुहाङ हुन् भने दोस्रो संस्करणको विजेता रुसाली केसी हुन् ।

प्रकाशित मिति: फाल्गुन २७ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend