Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा स्वास्थ्य सन्देश छर्न हिँडे धराने

हाम्रो कोशी आवाज
फाल्गुन २८ २०७८, शनिबार
धरानमा स्वास्थ्य सन्देश छर्न हिँडे धराने

धरानः धरानमा स्वास्थ्यका लागि हाइकिङ (पैदलयात्रा) कार्यक्रम आयोजना भएको छ ।
व्यस्त र भागदौडपूर्ण दैनिकीलाई थाँती राख्दै स्वास्थ्यका लागि हिँड्नुपर्छ भन्ने सन्देश छर्न शनिबार बिहान यस्तो कार्यक्रम आयोजना भएको हो ।
मानव जीवनलाई स्वस्थ जीवनयापन गर्न सन्देश दिँदै आएको ‘सेवक अभियान’ ले स्वास्थ्यको लागि पदयात्रा कार्यक्रम आयोजना गरेको हो । स्वास्थ्यका लागि पदयात्रा कार्यक्रम २०० औं सप्ताह प्रवेश गरेको अवस्थामा यस्तो कार्यक्रम आयोजना गरिएको अभियन्ता राजीव हलवाईले जानकारी दिए ।
कार्यक्रममा प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी, धरानका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदीसमेत सहभागी भए ।
एग्रो टुरिजमलाई समेत प्रवद्र्धन गर्ने उद्देश्यले ९.३ किलोमिटरको दुरी तय भएको उनले जानकारी दिए । शनिबार सिंहदेवी चोकदेखि पदयात्रा शुरु भएको थियो । उनका अनुसार स्वास्थ्यमा सचेत हुँदै गरेका नागरिक यो अभियानमा सरिक हुन थालेका छन् । सबै उमेर समूहका व्यक्तिहरू यस अभियानमा सहभागी हुन थालेको उनले जानकारी दिए । उनका अनुसार अहिले हाइकिङले धरानेको स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । उनका अनुसार यतिका श्रृङ्खलासम्म आइपुग्दा अहिलेसम्म कुनै रुट दोहोरिएको छैन । हरेकपल्ट नयाँ नयाँ रुट तय हुन्छ । तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: फाल्गुन २८ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend