Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नोवेलले बिनाचिरफार सिक्री र पेटीको बक्कल निलेका युवाको पेटबाट निकाल्यो

हाम्रो कोशी आवाज
चैत्र २ २०७८, बुधबार
नोवेलले बिनाचिरफार सिक्री र पेटीको बक्कल निलेका युवाको पेटबाट निकाल्यो

विराटनगरः विराटनगरस्थित नोवेल शिक्षण अस्पतालले एक विरामीको पेटबाट पेटीको ‘बक्कल’ र सिक्री निकालेको छ ।
भोजपुर नगरपालिका–१२ टक्सारका २१ वर्षीय युवाको पेटबाट कम्मरमा बाँध्ने पेटीको बक्कल र घाँटीमा लगाउने फलामको सिक्री निकालिएको हो । ती युवाले आत्महत्या प्रयास गर्ने क्रममा आफैले कम्मरमा लगाएको पेटीको बक्कल र घाँटीमा लगाएको सिक्री निलेका थिए । घटनापछि उपचारका लागि नोवेल ल्याइएका ती युवाको पेटबाट दुवै सामान निकालिएको हो । विना चिरफार इण्डोस्कोपिक विधिमार्फत् पेटमा भएको बक्कल मुखबाट निकालिएको नोवेलका विशेषज्ञ शल्यचिकित्सक डा.ध्रुव नारायण शाहले जानकारी दिए ।
डा.शाहका अनुसार ती युवाको पेटको खाना नलीमा बक्कल अडकिएको थियो भने आमाशयमा सिक्री थियो । मुखबाट इण्डोस्कोप छिराएर मुखबाटै बक्कल निकालिएको हो । आमाशयमा रहेको सिक्री भने दिशाको माध्यमबाट निस्किएको हो । पेटको शल्यक्रिया तथा क्यान्सर सम्बन्धी चिकित्सक डा.शाह, डा.मोहन खड्कासहितको टोलीले वक्कल निकालेर बिरामीलाई जोखिममुक्त बनाएको हो ।
विना चिरफार बक्कल र सिक्री निकालिएपछि अहिले ती युवाको स्वास्थ्य अवस्था सामान्य छ । स्वास्थ्य अवस्था सामान्य बनेपछि उनलाई डिस्चार्ज गरिएको नोवेल अस्पतालले जनाएको छ ।

प्रकाशित मिति: चैत्र २ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend