Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धाविका मिरा राईको सम्मानमा ट्रेल रेस

हाम्रो कोशी आवाज
चैत्र २ २०७८, बुधबार
धाविका मिरा राईको सम्मानमा ट्रेल रेस

धचर्चित धाविका मिरा राईको जन्मगाउँमा ट्रेल रेसको तयारी
धरानः चर्चित अल्ट्रा रेस धाविका मिरा राई जन्मगाउँमा पाँचौ भोजपुर ट्रेल रेसको तयारी थालिएको छ ।
उनको जन्मगाउँ भोजपुरमा आयोजक मिरा राई फाउण्डेशनले यस्तो ट्रेल रेसको तयारी थालिएको धरानमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । आगामी चैत १२ गते रेस हुने फाउण्डेशनका सचिव केशर राईले जानकारी दिए । राईको जन्मथलो भोजपुरको पौवा दुम्मा गाउँपालिका ५ स्थित सानोदुम्माबाट शुरुवात हुने उनले जानकारी दिए ।
प्रतियोगितामा मुख्य स्पर्धा ५० किलोमिटर, १० किलोमिटरको मध्यम रेसको स्पर्धा पनि हुनेछ । ५० किलोमिटरमा राष्ट्रिय तथा अन्तराष्ट्रिय धावक, धाविकाहरु र १० किलोमिटरमा स्थानीयबासीहरुको सहभागिता हुनेछ भने अर्को बालबालिकाहरुको लागि ४ किलोमिटरको रेस आयोजना हुने उनले जानकारी दिए । विभिन्न वडा, गाउँपालिका हुदै शुरुवात विन्दुमा पुगेर नै ५० किलोमिटर रेस समापन हुनेछ ।
५० किलोमिटरको महिला र पुरुष दुवैतर्फका प्रथम, दोस्रो, तेस्रो, चौथो र पाँचौ हुने खेलाडीहरुले जनही क्रमशः नगद ५०, ५० हजार, ३०, ३० हजार, २०, २० हजार, १०, १० हजार र ५, ५ हजार पाउने आयोजकले जनाएको छ । यस्तै, १० किलोमिटरर ४ किलोमिटरमा महिला र पुरुष दुवैमा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीहरुले क्रमशः जनही १०, १० हजार, ५, ५ हजार र ३, ३ हजार नगद पुरस्कार दिइने आयोजकले जनाएको छ ।
अन्तर्राष्ट्रिय मान्यता पाएको ५० किलोमिटरको महिला, पुरुष सहभागी हुने यो कार्यक्रममा देशभरका राष्ट्रिय धावक धाविका र विदेशका धावक धाविकाहरूले सहभागिता जनाउने आयोजकले जनाएको छ । यसपटक भोजपुर ट्रेल रेसमा ३ सय जना जति राष्ट्रिय, अन्तर्राष्ट्रिय धावक धाविकाहरूको सहभागिता हुने उनले जानकारी दिए ।


को हुन् मिरा ?
विश्वका विलक्षण साहसिक सूचीमा मिरा
विलक्षण साहसिक कार्य गर्ने विश्वकी १३ जना महिलामा नेपालकी मीरा राई पनि परिसकेकी छिन् । लेखिका लिली ड्यूको भर्खरै बेलायतबाट प्रकाशित पुस्तक ‘फेन्टास्टिक फिमेल एड्भेञ्चर्स’ मा छानिएका १३ साहसी महिलामा मीरा एक हुन् ।
अल्ट्रा रेसकी विश्व च्याम्पियन मीरा २०७३ सालमा नेसनल ज्योग्राफिकले सार्वजनिक गरेको ‘वर्षकै साहसी व्यक्ति’ (एड्भेन्चर अफ द इयर) को अवार्ड विजेता हुन् । माघ, २०७१ मा एसियाली स्काई रनिङ च्याम्पियनसिप जितेकी उनले वैशाखमा भएको स्काइरनर वल्र्ड सिरिज अन्तर्गत मोन्ट–ब्लान्क (फ्रान्स) रेसमा स्वर्ण जितिकी थिइन् । अल्ट्रा रेसमा नेपालले पाएको यो नै सबभन्दा ठूलो सफलता हो ।
भोजपुर सानो दुम्माना मा सानो दुम्माकी मीरा राई खान लगाउन पनि मुस्किल पर्ने सामान्य परिवारमा जन्मीएकी पूर्व माओवादी लडाकु हुन् । भोजपुरको सानो दुम्मा गाउँकी मीराका लागि सक्ने भएदेखि नै सुनसरीको चतराबाट नून, तेल, चामलको भारी बोकेर गाउँ आवतजावत गर्नु नियमित काम थियो ।
आफ्नो उमेरभन्दा दोब्बर तौलको भारी बोकेर उकाली–ओराली गर्दथीन् । एसएलसी सम्म जसोतसो पास गरिन् । गरीब परिवारसामु थप दुःख गर्नुबाहेक उपाय पनि थिएन । उनी १५ वर्षकै उमेरमा माओवादी लडाकू बन्न पुगिन् । सानै उमेरबाट माओवादीमा लागेकी मीरा अयोग्य लडाकुको रुपमा शिविरबाट बाहिरिनु परेको थियो । दुनिया बदल्न भन्दै लडाकु बनेकी मीरालाई अयोग्य घोषित गरिएपछि घर फर्कन समेत मन लागेन ।
शिविरमा उनले खेल सिकेकी थिइन् । खेलबाट केही गर्न चाहन्थिन तर आर्थिक अभावका कारण उनका लागी सम्भव थिएन र उनलाई हेरिदिने पनि कोही भएन् । उनको दौडमा रुचि भएकोले १४ बर्षको उमेरमा उनले पढाई छोडेकी थिइन् ।
यसै क्रममा मजदुरीका लागी मलेसिया जाने तयारी गरिन मीराले तर खेल गुरु धुव्र बिक्रम मल्लले केही समय खेलकुद क्षेत्रमै प्रतिक्षा गर्न उनलाई सुझाव दिए । एकदिन लहैलहैमा अल्ट्रा म्याराथनमा मीराले भाग लिइन र पहिलो खेलमा नै उनी प्रथम भइन् । सानो उमेरमा हण्डर र ठक्करको लम्बेतान यात्रा गरेकी मीराले अल्ट्रा म्याराथनमा विश्व किर्तिमान राख्न् सफल भइन् ।

मीरा २०१५ मा फ्रान्समा सम्पन्न ८० किलोमिटरको विश्व म्याराथनमा पूर्व विजेतालाई पन्छाउँदै पहिलो भएकी थिइन्। उनी १२ घन्टा ३२ मिनेट १२ सेकेन्डमा उक्त दौड पूरा गर्दै पहिलोपटक विश्व च्याम्पियन बनेकी हुन् ।
अल्ट्रा म्याराथनलाई खेलकुदको कुनै पनि उच्च निकाय र एथ्लेटिक संघले समेत बेवास्ता गर्दै आएको छ। खेलाडीले आफ्नै लगानी र विभिन्न व्यक्तिको सहारा लिनुपर्ने बाध्यता नेपाली खेलकुदमा छ। विश्व एथ्लेटिक महासंघले सम्बन्धित देशको एथ्लेटिक संघले नै अल्ट्रा म्याराथन व्यवस्थापन गर्नुपर्ने भने पनि नेपालमा हालसम्म यसतर्फ काम भएको छैन।
विगत दुई वर्षमा सफलता हात पार्दै मीरा केही समयअघि मात्र विश्वको दोस्रो स्थानमा उक्लेकी थिइन्। उनी हङकङमा ५० किलोमिटरको एसियन च्याम्पियन, सन् २०१४ मा इटालीमा ५७ र नर्वेमा ८० किलोमिटरको अल्ट्रा म्याराथन च्याम्पियन रहेकी छन्।मीरा राईले सन् २०१४ को मुस्ताङ ट्रायल दौड , बफेलो स्टमपेड तथा अन्यमा जित हासिल गरिसकेकी छिन् ।
हङकङमा भएको अल्टा ट्रायल दौड प्रतियोगितामा पनि उनि विजेता बनेकी थिइन । उनले सो दौड १२ घण्टा ३२ मिनेट ३२ सेकेन्डमा पुरा गरि पदक हात परेकी थिइन् ।त्यस्तै, ४५ किलोमिटरको स्काई रनिङ वल्र्ड सिरिजमा नर्वेकी पूर्व च्याम्पियन इमेलिई फोर्सवर्गभन्दा केही समयले पछि पर्दै दोस्रो स्थानमा परेकी थिइन्।
त्यही प्रतियोगितामा दोस्रो स्थान हासिल गरेपछि नै उनको लोकप्रियता चुलिएको हो। राष्ट्रियस्तरमा पनि उनी खेल सुरु गरेको छ महिनामै राष्ट्रिय च्याम्पियन बनेकी थिइन्। मीराको बाल्यकाल भोजपुरको गाउँमै बितेको थियो। गाईबस्तु चराउने र खेतीपातीमै बाल्यकाल बिताएको स्मरण गर्दै मीराले नेसनल ज्योग्राफिकले लिएको अन्तर्वार्तामा भनेकी छन्, ‘गाउँमा केटीहरूका लागि कुनै अवसर थिएन। पढ्ने–लेख्ने समय पनि हामी निकै कम पाउँथ्यौं।’ यसैबीच १४ वर्षको उमेरमा उनी माओवादी ‘जनयुद्ध’मा सामेल भएकी थिइन्। उनले माओवादी लडाकुका रूपमा दुई वर्ष जंगलमा तालिमसमेत लिइन्। सेना समायोजन क्रममा अयोग्य भएपछि बल्ल उनको खेल जीवन सुरु भएको थियो।

प्रकाशित मिति: चैत्र २ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend