Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जो काठमाडौंदेखि दौडिएर धरान आइपुगे

हाम्रो कोशी आवाज
चैत्र ५ २०७८, शनिबार
जो काठमाडौंदेखि दौडिएर धरान आइपुगे

धरानः काठमाडौदेखि धनकुटासम्मको पाँच सय किलोमिटर एकल म्याराथन दौडको लक्ष्य लिएर दौडेर शुक्रबार धरान आइपुगेका छन् ।
गत फागुन ३० गते बिहान काठमाडौको दशरथ रंगशालाबाट दौडेको डेबिडले शुक्रबार आइपुग्दा ५१ घण्टा ३७ मिनेट दौडिएको बताए । शुक्रबार सप्तरीको कञ्चनपुरबाट धरानसम्म ७८ किलोमिटर दौडेर आइपुगेको उनले बताए ।
धरानमा जनता समाजवादी पार्टीले तीनकुनेबाट साथ दिएर भानुचोकसम्म ल्याएको थियो । भानुचोकमा डेबिड खेवालाई केन्द्रीय सदस्य जेन्टल लावती, दीपक मेन्याङ्बो, सुमन चेम्जोङ, सीता राई, विद्यार्थी नेता सागर चेम्जोङ, शशी विश्वकर्मा लगायतले खादा लगाएर सम्मान गरेका थिए ।
धरान रनले समूह सहयोगी इटहरीसम्म पठाएको थियो । धरान रनका रमु राईले डेभिडलाई भानुचोकमा स्वागत गरेका थिए । यस दौडमा श्रीमती कमलकुमारी लिम्बू, १३ वर्षे छोरो सार्जन खेवा लिम्बूसहित देशविदेशबाट साथ सहयोग पाएएको बताए । दौडको लागि युमा साम्यो महासभा युके समिति मुख्य प्रायोजक रहेको बताए । त्यसैगरी छथरजोरपाटी गाउँपालिकाले सहयोग रहेको बताए । त्यसैगरी सहयोगीकै रुपमा नेपाली समाज बहराइन, नेपाली समाज जापान रहेको छ ।
शनिबार बिहान उनको दौड धरानबाट धनकुटाको ५२ किलोमिटर रहेको छ । उनले यसअघि नै धनकुटाबाट धरानसम्म ५ घण्टामा पार गरेर रेकर्ड बनाइसकेका छन् ।

प्रकाशित मिति: चैत्र ५ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend