विराटनगरः १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले मुख तथा दाँतसम्बन्धी एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल डेन्टल एशोसियशन मोरङ शाखाको सहकार्यमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत नविनराज राईले जानकारी दिए । आइतबार बिहान ११ बजेदेखि १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा सञ्चालित एकदिने स्वास्थ्य शिविरमा ११६ जना प्रहरी कर्मचारीहरु लाभान्वित भएका छन् ।
शिविरमा उपस्थित प्रहरी कर्मचारीहरुलाई मुख तथा दाँतलाई कसरी स्वस्थ्य राख्ने भन्ने सम्बन्धमा डा. मीरा आचार्यले जानकारी गराइन् ।