Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

डाक्टर मृत फेला प्रकरणः सत्यतथ्य बाहिर ल्याउन माग

हाम्रो कोशी आवाज
चैत्र २० २०७८, आइतबार
डाक्टर मृत फेला प्रकरणः सत्यतथ्य बाहिर ल्याउन माग

विराटनगरः विराटनगरस्थित नोबेल शिक्षण अस्पतालको अर्थोपेडिक विभागमा कार्यरत् डा. विजयकुमार यादवको मृत्यु भएको विषयमा अनुसन्धान गरी सत्य, तथ्य पत्ता लगाउन अस्पतालले माग गरेको छ ।
नोबेल अस्पतालका निर्देशक डा. राजेश नेपालले आइतबार एक विज्ञप्ति जारी गर्दै डा. यादवको मृत्युको विषयमा यथाशिघ्र अनुसन्धान गरी सत्य, तथ्य पत्ता लगाउन माग गरेका हुन् ।
‘यस अस्पतालको अर्थोपेडिक विभागमा २०७६ जेठ ६ गतेदेखि मेडिकल अफिसरको पदमा कार्यरत सप्तरीको मलेखपुर–६ खुरखुरीया घर भएका डा. विजय कुमार यादवको शव विराटनगर–४ स्थित आफू बस्ने घरको कम्पाउन्डमा शंकास्पद रुपमा भेटिएको विषयमा सम्बन्धित निकायबाट यथाशिघ्र अनुसन्धान भई सत्य, तथ्य पत्ता लगाउन जोडदार माग गर्दछौं ।’ विज्ञप्तीमा उल्लेख छ । उनी लगनशील र मिलनसार स्वाभावका भएको स्मरण गर्दै उनको निधनप्रति अस्पतालले दुःख व्यक्त गरेको छ ।
डा.यादव विराटनगर–४ स्थित प्रेम बस्नेतको घरमा डेरा बस्दै आएका थिए । शनिवार बिहान करिब ६ बजे सोही घरको कम्पाउण्डभित्र आँगनमा घोप्टो परेर लडेको र शरीरबाट रगत बगिरहेको अवस्थामा उनी मृत भेटिएका थिए । डा.यादवको हत्या भएको भन्दै उनका परिवारका सदस्य, आफन्त तथा समर्थकले शनिबार दिउँसो नोबेल अस्पताल अगाडि हत्यारालाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गर्दै टायर बालेर प्रदर्शनसमेत गरेका थिए ।

प्रकाशित मिति: चैत्र २० २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend