चतराः सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं.१ मा पर्ने सूर्यकुण्डमा स्वास्थ्य चौकी सेवा सुचारू भएको छ ।
बराहक्षेत्र नगरपालिकाका मेयर निलम खनालको पहलमा स्वास्थ्य चौकी सेवा सुरू भएको हो । साधारण बिरामी हुँदा पनि स्वास्थ्य परीक्षणका लागि घण्टौं हिँडेर चतरा बजार झर्नुपर्ने साथै टाढाको अस्पताल धाउनुपर्ने बाध्यता थियो ।
अहिले स्वास्थ्य सेवा सुचारू भएपछि त्यस्तो बाध्यताबाट मुक्ति मिलेको त्यहाँका स्थानीय बासिन्दाहरू बताउँछन् । विकासकै दृष्टिकोणले हेर्दा पनि अन्य वडाको तुलनामा यो वडा पछाडि परेको छ । सो स्थानमा यसपालिदेखि आफ्नै ठाउँमा स्वास्थ्य सेवा लिन पाउँदा त्यहाँका स्थानीयबासी खुशी व्यक्त गर्दै मेयरलाई धन्यवाद समेत दिएका छन् ।
