Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको विष्णुपादुकामा प्रसुति स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण

हाम्रो कोशी आवाज
चैत्र २४ २०७८, बिहिबार
धरानको विष्णुपादुकामा प्रसुति स्वास्थ्य सेवा केन्द्रको भवन निर्माण

धरानः धरान उपमहानगरपालिका वडा नं. २० विष्णुपादुकामा नवनिर्मित प्रसुति स्वास्थ्य सेवा केन्द्र (बर्थिङ सेन्टर) भवनको उद्घाटन गरिएको छ ।
बिहीबार उपहानगरपालिकाका मेयर तिलक राईले नवनिर्मित प्रसुति सेवा केन्द्र (बर्थिङ सेन्टर) भवनको उद्घाटन गरेका छन् ।
मेयर राईले साविक विष्णुपादुका गाविस धरान उपमहानगरपालिकामा गाभिएपछि विष्णुपादुकामा विकास मात्र नभई सेवा सुविधा पनि धेरै दिइएको बताए । स्वास्थ्यकर्मी तथा स्वयम सेविकाहरुलाई गर्भ अवस्थामा कति संख्यामा महिलाहरु छन् भनेर तथ्याङ्क राख्न पनि मेयर राईले आग्रह गरे । मेयर राईले वडामा रहेका हरेक नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउने चाहना पूरा गर्न स्वास्थ्यचौकीसहितको बर्थिङ सेन्टर भवन उपयोगी हुने बताए ।
उपमेयर मञ्जु भण्डारीले नियमित उपचार सेवासहित २४ सै घण्टा सुत्केरी सेवा दिने गरी बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको बताइन् । बर्थिङ सेन्टरमा आउने सुत्केरीहरुलाई सहज सुविधायुक्त सेवा दिनुपर्ने उनले बताइन् । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले धरान उपमहानगरपालिकाका सबैभन्दा विकट वडा, सबैभन्दा टाढा रहेको वडामा प्रसुति सेवा केन्द्र भवन विस्तार गर्न सफल भएको बताउँदै सबैलाई उपचार सेवा लिन आग्रह गरे ।
वडाध्यक्ष मणिराम राईले पाँच वर्षअघि धरानको विकट वडा विष्णुपादुकामा सुविधा सम्पन्न प्रसुति सेवा केन्द्र बनाउने भनेर जनप्रतिनिधि भएर आएको बताउँदै अहिले आएर पूरा भएको बताए । आगामी दिनमा आवश्कयताअनुसार प्रसुति केन्द्रलाई व्यवस्थित बनाएर लैजाने उनले बताए ।
स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले धरानको छाताचौक र विष्णुपादुकामा प्रसुति सेवा केन्द्र सञ्चालनमा आएको बताए । उनका अनुसार गर्भवती जाँच गर्न आएका महिलाको प्रसुति स्वास्थ्य सेवा केन्द्रमा निःशुल्क रुपमा उपचार गराइने पनि जानकारी दिए । उनले गर्भवती महिलाले स्वास्थ्य प्रोटोकल अनुसार ८ पटक सम्म जाँच गराए वापत सरकारले ८ सय रुपैयाँ उत्प्रेरणा खर्च उपलब्ध गराउनेछ भने सुत्केरी गर्न आएवापत एक हजार रुपैयाँ नेपाल सरकारले उपलब्ध गराउने प्रावधान रहेको जानकारी दिए ।

प्रकाशित मिति: चैत्र २४ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend