Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

१७ युवती ताज जित्ने होडमा

हाम्रो कोशी आवाज
चैत्र २७ २०७८, आइतबार
१७ युवती ताज जित्ने होडमा

धरानः उर्लाबारीको होटल ग्रान्डको प्राङ्गणमा चैत्र २८ गते सोमबार साँझ आयोजना हुने नेपाल आइस मिस उर्लाबारीको तेस्रो संस्करणको लागि १७ जना अन्तिम प्रतिस्पर्धी युवतीहरु ताज जित्ने होडमा छन् ।
मिस उर्लाबारीमा कुमकुम चौधरी, प्रमिषा धिमाल, विधा दाहाल, दिया दाहाल, शाकिरा कार्की, सुष्मिता खत्री, निहारिका भट्टराई, आस्था भट्टराई, अभिशा रिमाल, अंकिता कटवाल, ज्वाला लिम्बू, मनिषा थापा, सोफिया लिम्बू, अंकिता बरुवाल, नेलिना कट्टेल, चञ्चल शाह, निशा धिमाल लगायतका प्रतिस्पर्धीहरु छन् ।
२० दिन विभिन्न क्षेत्रका विज्ञहरुबाट इपिएस, व्यक्तित्व विकास, फेशन, रयाम्पवर्क, सौन्दर्य, पर्यटन, इतिहाससम्बन्धी प्रशिक्षणबाट खारिएका अन्तिम प्रतिस्पर्धीहरुबाट तेस्रो मिस उर्लाबारी २०२२ ,फस्ट रनर अप , सेकेन्ड रनरअपसँगै मिस ट्यालेन्ट, मिस पर्सनालिटी, मिस डिसिप्लिन, मिस बेस्ट वाक, मिस फ्रेन्डसीप, मिस एथलेट, मिस पब्लिक च्वाइस, मिस फोटोजेनिकलगायतका सब टाइटल अवार्डहरु रहेका छन् । बिजेताले ५० हजार नगद, फस्ट रनरअपले ३० हजार नगद र सेकेण्ड रनरअपले २० हजार नगदसँगै विभिन्न पुरस्कारको व्यवस्था गरिएको छ ।
सविना पोद्दारको कोरियोग्राफी रहेको मिस उर्लाबारीको आयोजना सेन्ट्रल फेशन हब, उर्लाबारी तथा विशेष सहयोग उर्लाबारी नगरपालिकाको रहेको छ । यसअघि २०१३ मा नेमिता आङबुहाङ र २०१८ मा रुसाली केसीले मिस उर्लाबारीको ताज जितिसकेका छन् ।
स्थानीय युवतीहरुको प्रतिभा प्रस्फुटनको अभिप्रायले आयोजना गरिएको मिस उर्लाबारीमा प्रतिस्पर्धीहरुलाई निशुल्क सहभागी गरिएको र आउँदो वर्षबाट नियमित आयोजना गर्ने योजना रहेको आयोजक जीवन चिमरिया बताउँछन् ।

प्रकाशित मिति: चैत्र २७ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend