Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा प्रमुख र प्रधानाध्यापकसहित अन्यलाई अख्तियारमा मुद्दा दायर

हाम्रो कोशी आवाज
चैत्र ३० २०७८, बुधबार
सुनसरीमा प्रमुख र प्रधानाध्यापकसहित अन्यलाई अख्तियारमा मुद्दा दायर

धरानः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न प्रकरणमा सुनसरीका प्रधानाध्यापकदेखि तरहरास्थित क्षेत्रीय कृषि अनुसन्धानका प्रमुखसहित १४ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
बंगुर बिक्री गर्दा हुनुपर्ने औसत र न्यूनतम तौलभन्दा कम देखाई बिक्री गरेर सात लाख हिनामिना गर्ने क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, तरहरा सुनसरीका बंगुर अनुसन्धान इकाइ प्रमुखसहित सातविरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन इकाइ प्रमुख वरिष्ठ वैज्ञानिक (हालः अवकाशप्राप्त) रामदेव पण्डित, प्राविधिक अधिकृत शकुन्तला राई, प्राविधिक सहायक प्रकाशुमार यादव, वरिष्ठ वैज्ञानिक निर्देशक हरिकृष्ण श्रेष्ठ, तत्कालीन लेखा अधिकृत सोभितलाल यादव, लेखा अधिकृत तिलक राजवंशी र प्रशासकीय अधिकृत कृष्णप्रसाद पोखरेलविरुद्ध मुद्दा दायर गरेको हो ।
यसैगरी, जिल्ला शिक्षा कार्यालयको लेटरप्याड, छाप तथा दस्तखत किर्ते तथा हेरफेर र बैंकको दस्तखत नमुना कार्ड परिवर्तन गरी विद्यालयको विभिन्न शीर्षकका रकम हिनामिना गर्ने प्रधानाध्यापक, शिक्षक र बैंकका कर्मचारीविरुद्ध पनि आयोगले मुद्दा दर्ता गरेको छरु। आयोगले सुनसरीको चपडाही निम्नमाध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक (हालः अवकाशप्राप्त) सिद्धिनाथलाल दास, साविक बबिया गाविस–९ को महावीर प्राथमिक विद्यालयका तत्कालीन राहत शिक्षक एवं प्रधानाध्यापक (हालः सेवामा नरहेको) र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, शाखा कार्यालय, इनरुवा, सुनसरीका सहायक प्रबन्धक (हाल निलम्बित) तारणीप्रसाद खतिवडाविरुद्ध आयोगले मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध पाँच लाख ६० हजार रुपैयाँ हिनामिना गरेको आरोप छ ।
यस्तै, गैरकानुनी तरिकाले सिम्बोल नम्बर र रजिस्ट्रेसन नम्बरसहित कन्ट्रोल लिस्ट सच्याउने तथा थपघट गर्ने गरेर आफ्नै छोरालाई पास गराउन खोज्ने जुम्लाको चन्दननाथ माविका तत्कालीन शिक्षक कलानन्द माझीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।
माझीसँग मिलेमतोमा एकै सिम्बोल नम्बर र रजिस्ट्रेसन नम्बरमा दुईजना उल्लेख भएको कन्ट्रोल लिस्ट बनाएर कलानन्दका छोरा शेखर माझीका नाममा अर्कैलाई परीक्षा दिन लगाउने काममा भूमिका खेल्ने केन्द्राध्यक्ष मिनराज शर्मा, आफूले दिनुपर्ने परीक्षामा सहभागी नभई आफ्नो सिम्बोल नम्बरमा प्रभात शाहीका नाम उल्लेख गर्ने बाबु कलानन्दको कसुरमा सहभागी भएको कसुरमा शेखर माझी र सट्टामा परीक्षा दिने शाहीविरुद्ध आयोगले मुद्दा दायर गरेको हो ।

प्रकाशित मिति: चैत्र ३० २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend