Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बराहक्षेत्रमा पुरुष भलिबल प्रतियोगिता हुने

हाम्रो कोशी आवाज
बैशाख ५ २०७९, सोमबार
बराहक्षेत्रमा पुरुष भलिबल प्रतियोगिता हुने

बराहक्षेत्रः बराहक्षेत्र नगरपालिका वडा नं. ३ बीचपानीमा प्रथम बीचपानी खुल्ला नकआउट पुरूष भलिबल प्रतियोगिता २०७९ हुने भएको छ ।
बीचपानी युवा क्लबद्वारा आयोजना हुन लागिरहेको प्रतियोगिता यही बैशाख ६ र ७ गते बराहक्षेत्र–३ बीचपानीको खेल मैदानमा हुने संस्थाका सचिव मनोज राईले जानकारी दिए ।
खेलमा प्रथम हुने टिमलाई नगद ४० हजार र द्वितीय हुने टिमले २५ हजार रुपैयाँ दिइने आयोजक संस्थाका अध्यक्ष बलराज राईले जानकारी दिए ।
सहसचिव सुरज तामाङका अनुसार एउटा टिममा आधिकारिक जिल्ला अथवा प्रदेश स्तरसम्म खेलेको जम्मा दुईजना मात्र खेलाडी समावेश गर्न पाइने नियम राखिएको छ ।
यस्तै, खेलमा अन्तर्रास्ट्रिय तथा नेपाल भलिबल संघको नियमभित्र खेल खेलाइने छ भने खेलमा कुनै विवाद आएमा आयोजक र निर्णायकको निर्णय नै निर्णय हुनेछ । टाइसिटका आधारमा खेलाइने खेलमा टिम दर्ता शुल्क रू. १५०० राखिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: बैशाख ५ २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend