Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

युएन, नवोदय कलेजमा ‘सेफ कम्पिटिसन’

हाम्रो कोशी आवाज
बैशाख ८ २०७९, बिहिबार
युएन, नवोदय कलेजमा ‘सेफ कम्पिटिसन’

धरानः धरान–१६ स्थित युएन, नवोदय कलेजमा सेफ कम्पिटिसन आयोजना भएको छ ।
बुधबार कलेज परिसरमा सेफ कम्पिटिसन आयोजना भएको हो । कक्षा–१२ का विद्यार्थीबीच इन्टर सेक्सन सेफ कम्पिटिसन आयोजना भएको होटल म्यानेजमेण्ट कोअर्डिनेटर गगनमान श्रेष्ठले जानकारी दिए ।
पहिलो चरणको कम्पिटिसनपछि दोस्रो चरण अर्थात् फाइनल राउण्डमा ५ जना प्रतियोगीले भाग लिएका थिए । इन्डो चाइनिज फुड चिल्ली चिकेन बनाएर विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । उनीहरुले पकाउने तरिका, पकाएर बनाउने साथै सजाउने तरिका फरक बनाएको र त्यसैको आधारमा पहिलो, दोस्रो र तेस्रो छनौट गरिएको उनले जानकारी दिए ।
विद्यार्थीलाई पढाइका साथै व्यवहारिक ज्ञान दिने उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गरिएको उनले जानकारी दिए । प्रतियोगितामा क्रमशः प्रकृति चौहान (सेक्सन डी) प्रथम, रोशनी तामाङ (सेक्सन ई) द्वितीय र यशोदा राई (सेक्सन ई) तृतीय बने । प्रतियोगिताको निर्णायकमा कोअर्डिनेटर श्रेष्ठ, अध्यापक सिर्जना राई, विजय अछामी रहेका थिए ।
युएन, नवोदय कलेज प्रदेश १ मै ‘ब्राण्ड कलेज’ का रुपमा स्थापित छ । विशेषतः होटल म्यानेजमेण्ट र बिएचएममा नतिजाकै कारणले पनि कलेज ब्राण्ड बन्न सफल बनेको हो । कलेजमा म्यानेजमेण्ट, विज्ञान सङ्काय, कम्प्युटर साइन्स साथै बिबिएसको पनि अध्ययन अध्यापन हुने गरेको छ ।

प्रकाशित मिति: बैशाख ८ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend