धरानः धरान उपमहानगरपालिकामा बुधबार र बिहीबार कोरोना विरुद्धको एस्ट्राजेनेका खोप लगाइने भएको छ ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताका अनुसार कोरोनाविरुद्धको पहिलो मात्रा खोप नलगाएका, दोस्रो मात्रा लगाउन बाँकी भएका र दोस्रो मात्रा खोप लगाएर तीन महिना पूरा भएकाहरूले बुस्टर डोज लगाउन पाउने गरी खोप अभियान सञ्चालन हुने भएको हो ।
धरानमा २ दिनमा १८ वर्षदेखि माथिका करिब १४ हजार जनालाई एस्ट्राजेनेकाको पहिलो, दोस्रो र बुस्टर डोज खोप लगाइने बताइएको छ ।
