Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश कमिटी अध्यक्षमा डा. पशुपति चौधरी

हाम्रो कोशी आवाज
बैशाख २० २०७९, मंगलबार
प्रदेश कमिटी अध्यक्षमा डा. पशुपति चौधरी

धरान: अर्थोपेडिक विधा समयसँगै विकास हुने क्रममा विषय विज्ञहरुको विकास हुँदै गएको छ । स्पाइन सर्जरीको विकास र सर्जनहरुबीचमा ज्ञान, सीप आदानप्रदान गर्न र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले स्पाइन सर्जनको प्रदेश १ कमिटी गठन भएको छ ।
प्रा.डा. पशुपति चौधरीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन भएको हो । कमिटीको महासचिवमा डा. प्रेम शाही रहेका छन् ।
उपाध्यक्ष डा प्रकाश सिटौला, सहसचिव डा. सुवास झा र कोषाध्यक्ष डा. सन्दीप अधिकारी चयन भएका छन् । त्यसै गरी सदस्यहरुमा डा. यज्ञ खरेल, डा. मनोजकुमार साह, डा. कुमुद लिम्बू, डा. नवीन सिंह, डा. प्रमोद बराल र डा. अनुप पोख्रेल चयन भएका छन् ।
आवश्यक्ताअनुसार साइन्टिफिक कमिटी र एडभाइजरी कमिटी गठन गर्ने नव निर्वाचित अध्यक्ष प्रा.डा. चौधरीले जानकारी दिए ।

प्रकाशित मिति: बैशाख २० २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend