Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मधेशी युवा र पहाडी दलित युवतीबीच मागी विवाह

हाम्रो कोशी आवाज
बैशाख २३ २०७९, शुक्रबार
मधेशी युवा र पहाडी दलित युवतीबीच मागी विवाह

मोरङः संविधान र कानुनले दण्डनीय बनाएपनि अन्तर समुदाय र दलित र गैर दलितबीचको विवाहलाई समाजले अझै पूर्णरुपमा पचाउन सकेको छैन । अझैपनि अन्तरसमुदाय र अन्तरजातीय विवाह गर्ने जोडीहरुलाई घर परिवार र समाजबाट बहिष्कार गर्नेदेखि विभिन्न बहानामा छुटाउने गरिएको छ । तर मोरङका मधेशी समुदायको गैरदलित युवा र पहाडी दलित समुदायकी युवतीको परिवारकै सहमतीमा झयाइँ झयाइँ बाजा बजाएर धार्मिक रितिअनुसार भव्यरुपमा मागी विवाह भएको छ ।
मोरङको सुनवर्षी नगरपालिका २ सुगा बजारका राजेन्द्रप्रसाद र प्रमिलादेवी साहका जेठा छोरा २७ वर्षीय वीरेन्द्र साह र सोही नगरपालिका ३ नम्बर वडाका रत्न दर्नाल र कल्पनादेवी दर्नाल (परियार) की जेठी छोरी २५ वर्षीया सम्झना दर्नालको झयाइँ झयाइँ बाजा बनाएर धार्मिक परम्पराअनुसार भव्यरुपमा मागी विवाह सम्पन्न भएको हो ।
बेहुला र बेहुली दुवै परिवारको सहमतीमा पण्डितले जुराएको साइतअनुसार बुधबार बैशाख २१ गते वीरेन्द्र र सम्झनाको विवाह लगन तय भएको थियो । यसैले बुधबार बेहुला वीरेन्द्रसँगै उनका बुबा राजेन्द्र र परिवारका सदस्य अनि गाउँले र अतिथिहरु ठाँटिएर सम्झनालाई लिन जन्ती बनेर रमाउँदै पुगेका थिए । आधुनिक डिजे बाजागाजासहित नाच्दै गाउँदै आएका जन्तीलाई सम्झनाका बुबाआमा आफन्त र गाउँलेहरुले पनि हर्षोल्लाससहित रितपूर्वक भव्य स्वागत गरेका थिए ।
दुवैको हिन्दू वैवाहिक विधिअनुसार जग्गेमा पण्डितले विवाह सम्पन्न गराएका थिए । त्यसपछि बेहुला वीरेन्द्र र उनका आफन्तहरुले हर्षोल्लाससहित सिँगारपटारले चिटिक्क सजिएकी बेहुली सम्झनालाई ल्याएर हर्षोल्लाससहित रितपूर्वक घर भित्रयाएका थिए । बेहुली घर भित्रयाएका वीरेन्द्रले बिहीवार दिउँसो आफना साथीभाइ र आफन्त र शुभच्छुकहरुलाई प्रितिभोज पनि आयोजना गरेका थिए । र्
हामीले समाजमा परिवर्तन आफैबाट सुरु गर्नुपर्छ भनेर परिवारलाई सहमती गराएर केही वर्षदेखिको प्रेमलाई मागी विवाहमा परिणत गराएका हौ’, बेहुला वीरेन्द्रले भने । बेहुलाका बुबा राजेन्द्रप्रसादले समाजमा अझै दलित र गैरदलित भनेर जातभातको कुरा गर्नु लाजमर्दो कुरा हो भन्दै आफूहरुले जेठा छोरोको समाजिक अन्र्तघुलनका लागि अन्तरसमुदायमा मागी अन्तरजातीय विवाह धुमधामले गराएको बताए । सम्झनाका बाबु रत्न र आमा कल्पनाले पनि अन्तरसमुदाय र अन्तरजातीय भएपनि धुमधामले विवाह गरेर छोरीलाई बिदा गर्न पाउँदा आफूहरु हर्षित भएको बताए । बेहुला वीरेन्द्र पत्रकारिता र कलाकारितासँगै समाजसेवामा पनि सक्रिय छन् । बेहुली सम्झनाचाहिँ स्नातक तह अन्तिम वर्षमा अध्यनरत छिन् ।

प्रकाशित मिति: बैशाख २३ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • ११ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १५ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १५ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १८ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend