Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

टिकटकमा झाँकियो प्रेम, विवाहमा परिणत भएन

हाम्रो कोशी आवाज
बैशाख २५ २०७९, आइतबार
टिकटकमा झाँकियो प्रेम, विवाहमा परिणत भएन

बिर्तामोडः दाइजोमा मोटरसाइकल माग्ने बेहुलालाई झापा प्रहरीले पक्राउ गरेको छ ।
केटी पक्षलाई दबाब दिएर दाइजोमा मोटरसाइकल माग्ने झापा गाउँपालिका–४ का २८ वर्षीय डेबिट चौधरीलाई प्रहरीले केटीको घरबाटै पक्राउ गरेको हो । मेचीनगर नगरपालिका १५ ज्यामिरगढी निवासी पुष्पलाल राजवंशीकी छोरीसँग विवाह गर्दा चौधरीले मोटरसाइकल दाइजो दिनुपर्ने भन्दै दबाब दिएका थिए ।
मोटरसाइकल नदिए उठेर हिँड्छु भन्दै चौधरीले मण्डपमै विवाद गरेपछि बेहुली पक्षले प्रहरीलाई खबर गरेका थिए । लगत्तै पुगेको प्रहरीले चौधरीलाई मण्डबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए ।
‘बेहुलाले मोटरसाइकल नदिए बेहुली छाडेर हिँँड्छु भनेपछि केटीपक्षले प्रहरीलाई खबर गरे,’ डीएसपी पाठकले भने, ‘तत्कालै पुगेको प्रहरीले बेहुला चौधरीलाई मण्डपबाटै पक्राउ गरेको हो । उनलाई हाल इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको छ ।’
केही समयअघि टिकटकमा भेट भएपछि उनीहरुबीच प्रेम झाँगिएको थियो । टिकटकमा भेट भएपछि उनीहरूको माया बढ्दै गएपछि विवाह गर्ने भन्दै लागिपरेका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चौधरीमाथि मुद्दा दर्ता गर्ने प्रहरीले जनाएको छ । उनीमाथि हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको कसुर प्रमाणित भए तीन वर्षसम्म कैद सजाय हुने प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: बैशाख २५ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend