Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

राजेन्द्र लिङ्देनका भाइले पनि चुनाव जिते

हाम्रो कोशी आवाज
जेष्ठ ४ २०७९, बुधबार
राजेन्द्र लिङ्देनका भाइले पनि चुनाव जिते

बिर्तामोडः झापाको हल्दिबारी गाउँपालिका अध्यक्षमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनका भाइ रविन्द्र विजयी भएका छन् ।
एमालेका डम्बरबहादुर गिरीलाई झण्डै २ हजार मतान्तरले पराजित गर्दै रविन्द्र लिङ्देन अध्यक्षमा विजयी भएका हुन् ।
रविन्द्रले ६ हजार ८५६ मत पाउँदा गिरीले ४ हजार ६६६ मत पाएका छन् । उपाध्यक्षमा पनि राप्रपाकै लक्ष्मीदेवी मैनाली विजयी भएकी छन् ।
लिङ्देन यसअघि पनि गाउँपालिका अध्यक्ष थिए । झापाका अन्य केही पालिकामा राप्रपाले प्रतिस्पर्धा गरिरहेको छ ।

प्रकाशित मिति: जेष्ठ ४ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend