धरानः सरकारले पूर्व-पश्चिम राजमार्गलाई चार लेनको बनाउने भएको छ ।
आगामी पाँच वर्षभित्र चार लेनको बनाइने जनाइएको छ । राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा सरकारले एसियन हाइवे मापदण्डमा पूर्वपश्चिम राजमार्गलाई चार लेनको बनाउने उल्लेख गरेको छ ।
यसका लागि बुटवलदेखि नारायणगढसम्म, कमलादेखि कञ्चनपुरसम्म, काँकडभिट्टादेखि पथलैयासम्म, पथलैयादेखि कमला तथा पथलैया नारायणी खण्डलाई स्तरोन्नति गरिने उल्लेख छ ।
कोशी र कर्णाली करिडोर निर्माणलाई निरन्तरता दिने, हुम्लालाई आगामी वर्षमा राष्ट्रिय सडक सञ्जालसँग जोडिने उल्लेख छ।
भारतीय सीमानजिकका नाकालाई पूर्वपश्चिम राजमार्गसँग जोडिने प्रयास गरिने सरकारको नीति छ ।
यस्तै, सार्वजनिक यातायातलाई व्यवस्थित गरिने नीति पनि सरकारको छ ।
यस्तै, सामुदायिक विद्यालयमा स्वास्थ्य परिचारिका राख्ने घोषणा गरेको छ ।
राष्ट्रपति विद्यादेवि भण्डारीले सार्वजनिक नीति तथा कार्यक्रममा प्रदेश र स्थानीय तहको सहकार्यमा सामूदायिक विद्यालयमा स्वास्थ्य परिचारिका राख्ने उल्लेख छ । यस्तै सरकारले १०० विद्यालयलाई प्रविधी सम्पन्न बनाई नमूना बनाउने नीति लिने भएको छ ।